नारायणगढ, असोज ३० – चितवनमा आयोजना भएको सर्वाधिक धनराशिको फुटबल टुर्नामेन्ट टुबोर्ग जेसीज विकास रनिङ शिल्डमा आज भएको उदघाटन खेलम घरेलु टोली चितवन–११ सेमिफाईनलमा पुगेको छ। आज भएको खेलमा मकवानपुर ११ लाई ३ -२ ले पराजित गर्दै घरेलु टोलिले जितको यात्रा शुरु गरेको छ।
आजको जित संगै चितवन ११ सेमीफाइनलमा प्रवेश गरेको छ। आज भएको रोमान्चक खेलमा चितवनका तर्फबाट जर्सी नम्बर ७ का रुमेस बर्तौलाले दुई गोल गरे भने अर्को एक गोल अनिश श्रेष्ठले गरे । त्यस्तै मकवानपुरका तर्फबाट जर्सी नम्बर ६ का रवि भण्डारीले दोस्रो हाफको २३ औं र जर्सी नम्बर ११ का कृष्ण रुम्बाले २७ औं मिनेटमा गोल गरे ।
आजको खेलमा म्यान अफ दी म्याच चितवनका तर्फबाट जर्सी नम्बर ७ का रुमेस बर्तौलाले नगद १० हजार सहित ट्रफी पाए । चितवनका लागि अनिसले दोस्रो हाफको २६ औं मिनेटमा फेरी अर्को गोल गरे ।
भोलि अर्थात कार्तिक १ गते नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब काठमाडौंले प्रतिस्पर्धा गर्ने छन भने यी दुईबीचको विजेता पनि सीधै सेमीफाइनल पुग्नेछ ।
थप जानकारीको लागि भिडियो हेर्नुहोस: