काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माणको आज शिलान्यास भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिका १ टुटेपाखामा दिउँसो ३ बजे सुरुङ्ग मार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको सडक विभाग का महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो । सुरुङ मार्ग निर्माणमा न्यु अष्ट्रियन टनेलिङ प्रविधी एनएटीएम अपनाइने उहाँले बताउनुभयो । शुरुमा टनेल बोरिङ मेसिन टिबिएम प्रयोग गरिने भनिएपनि सुरुङमार्गको दूरी छोटो भएका कारण एनएटिएम प्रविधि प्रयोग गर्ने निर्णय गरिएको शर्माले बताउनुभयो । गएको असोज ६ गते सडक विभाग र जापानी निर्माण कम्पनी हाम्जाअन्द्रोबीच सम्झौता भएको थियो । सुरुङ्ग निर्माणका लागि मूल्य अभिबृद्धि कर भ्याट र अनुगमनसहित १६ अर्ब रुपैयाँ लाग्ने र सुरुङमार्ग साढे तीन बर्षमा निर्माण सक्ने लक्ष रहेको सडक विभागले जनाएको छ ।