Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज ०६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

लोकप्रिय समाचार

जेसीज विकास रनिङ शिल्डको उपाधी नेपाल पुलिस क्लबलाई



  •   शनिबार, कार्तिक ०९, २०७६
  • A
  • A+
  • A++

चितवन, ९ कात्तिक

नारायणगढको क्याम्पा चौरमा भएको टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । कार्तिक ९ गते भएको फाइनल खेलमा घरेलु टिम चितवन-११ लाई पराजित गर्दै पुलिसले उपाधी हत्याएको हो। आजको फाईनल प्रतिस्पर्धामा चितवन–११ र नेपाल पुलिस क्लालब को खेल ट्ईरा टाई–ब्रेकरमा पुगेर पुलिसले उपाधी हात पारेको हो।

खेलको लागि निर्धारित समयमा खेल बराबरीमा सकिएपछी नतिजा टाईब्रेकरबाट लिइएको थियो। टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जित निकालेको हो । बिजेता टिम नेपाल पुलिस क्लबको तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे भने चितवन-११ बाट कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार गोल हुन नसके पछी हार बेहोर्नु परेको हो। त्यस्तै चितवनका सुधांस महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो।

चितवनकै सर्वाधिक धनराशीको फुटवल टुर्नामेन्ट पुलिसले जिते संगै ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ जित्न सफल भएको छ । त्यस्तै उपविजेता बन्न सफल चितवन–११ ले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार र उपविजेता शिल्ड पाएको छ।

त्यस्तै यो सिजनको फुटवल प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान उत्कृष्ट खेलाडी बने । उनले २५ हजार नगद पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलरक्षक पुलिसका तर्फबाट सत्रुधन चौधरी बने भने उत्कृष्ट रक्षक चितवनका तर्फबाट सुधांस महतो बनेका छन।

त्यस्तै उच्च गोलकर्ताहरुमा पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौलाले उपाधी पाए भने अनुशासित टिमको उपाधी जित्दै जावलाखेल फूटबल क्लबले जनही १५ हजार नगद पुरस्कार पाए ।

फाइनल खेलको म्यान अफ दी म्याच बनेका पुलिसका डिफेण्डर मानबहादुर विश्वकर्मा बन्न सफल भए भने उनले १० हजार पुरस्कार पाए । बिकाश शिल्ड फुटवल प्रतियोगिता गत असोज ३० गतेदेखि सुरु भएको थियो भने प्रतियोगितामा १० टिम सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

ट्रेन्डिङ

सबै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.