धेरै युवाहरुले फ्लेक्स प्रिन्ट गर्ने ब्यबसाय गर्ने सोच राख्नु भएको हुन्छ । अहिले फ्लेक्स प्रिन्टको ब्यबसाय पनि राम्रो देखिन्छ । पहिले जस्तो कपडामा लेख्ने चलन लोप हुदै गएको र फ्लेक्स तिर अन्य ब्यबसायीको आकर्सण बढेकोले पनि फ्लेक्स प्रिन्टमा लगानी गर्न मुनाफा कमाउन सकिन्छ ।
फ्लेक्स प्रिन्ट राख्दा कति को लगानी चाहिन्छ त ?
सुरुवातमा सामान्य मेसिन राख्नको लागि १२ लाख सम्म लगानी गरे पुग्छ । तर १५ लाख सम्मको योजना बनाउनु पर्छ ।
के के सामग्री चाहिन्छ? र कति खर्च लाग्छ ?
१. फ्लेक्स मेसिन ६ फुट को लागि अधिकतम नौ लाख सम्म पर्छ भने सुरुवात मा ५०% सम्म नगद बुझाएर बाकी पछि तिर्न पनि सकिन्छ ।
२. डिजाईन गर्न को लागि १ थान कम्प्युटर को पचास हजार सम्म पर्छ भने मेसिन चलाउने कम्प्युटर को पैसट्ठी हजार सम्म पर्छ ।
३. अफिस को लागि फर्निचर ३ टेबल , ३ अफिस कुर्सि , र अन्य कुर्सि गरेर साठी हजार सम्म खर्च लाग्छ।
४. बिल छपाई , कार्ड छपाई र अन्य स्टेसनरी को लागि पाच हजार सम्म खर्च लाग्छ ।
५. मेसिनको लागि एसी पनि आवस्यक पर्न सक्छ ।
६. स्टाफको तलब तथा अन्य खर्चहरु यहा समाबेस गरिएको छैन ।