भरतपुर क्षेत्र भित्र गुड्ने सबारी साधनको रुट निर्धारण गरिने जिल्ला ट्राफिक प्रमुख चन्द्र बहादुर गिरी ले बताउनु भएको छ । युवा संजाल र नारायणी दैनिकसंगको कुराकानीमा अबको एक सातामा नै रुटको ब्यबस्थापन हुने कुरा प्रमुखले जनाउनु भएको हो ।
सवारी साधन रुटको ब्यबस्थापन नभएको कारण यात्रु तथा ट्राफिक ब्यबस्थापनमा असहज बातावरण सिर्जना भएको कारण पनि रुटको ब्यबस्थापन गर्नु पर्ने जरुरी देखिन्छ । विभिन्न यातायात ब्यबसायीसंग मिलेर रुट छुट्टाउने बारे छलफल भईरहेको प्रमुख गिरीले जानकारी दिनु भयो ।