काठमाडौँ । नेपाल भारत सीमामा जङ्गे सीमाखम्बा ढलेका छन । नेपालको तर्फबाट ती खम्बा उठाउने र संरक्षण गर्नेमा ध्यान नपुगेको भन्दै विरोध भइरहेको छ । सीमाविद्हरुले यसको आवाज उठाइरहेका छन । सिमाबिद बुद्धिनारायण श्रेष्ठले आफ्नो फेसबुकमा यसरी स्टाटस लेखेका छन । ढाल्यो, डुब्न लाग्यो, ढल्न लाग्यो– लाग्यो–लाग्यो, ढल्नै लाग्योखबरदार जंगे सीमाखम्बा नढलोस् ।खम्बा नढले हाम्रा पालामा नसके पनि हाम्रा छोरा नातिले सीमा रक्षा गर्नेछन् ।सीमा खम्बा ढले देशै खतम हुन्छ ।कपिलवस्तु ठिकुरापुरस्थित चिरई खोलको बाढीले बगाएको ५७८ र ७ को मूल सीमा खम्बा ।भारतीय महलिसागर ब्यारेजले डुबानमा पारेको ९१० नम्बरको जङ्गे खम्बा ।ढल्केको जंगे खम्बा नं. ३३७ सर्लाही बलरा गाउ‘पालिका–४ नयॉटोला फूलवरिया गाउको हो ।
तपाईको प्रतिक्रिया