चितवनमा आज युवाहरुले सरकारलाई सिमा विवाद समाधान गर्नको लागि आह्वान गर्दै हस्ताक्षर संकलन गरेका छन् ।
सेवा र बिकासका लागि युवा सक्रियतामा हस्ताक्षर संकलन गरिएको थियो। उक्त कार्यक्रममा ब्राम्हण समाज नेपाल , युवा सहयोगी समाज भरतपुर र अन्य सामाजिक संस्थाको पनि सहभागिता रहेको थियो ।
हालै भारतले सार्बजनिक गरेको नक्सामा नेपालको भूभाग पनि समाबेश भएपछि देश भरिबाट बिरोध सुरु भएको छ । उक्त विवाद अन्त्य गर्नको लागि सरकारको पक्षबाट कुटनीतिक तबरबाट नै सिमा विवाद अन्त्य गर्नु पर्नेमा सबै नेपालीको माग रहेको संस्थाको अध्यक्ष राजु सापकोटाले बताउनु भयो ।
wake up nepal , नेपाली हामी रहुला कहाँ नेपाललै नरहे , सिमामा तारबार होस् ,सिमा विवाद छिटो अन्त्य होस् , कालापानी हाम्रा हुन् जस्ता प्ले कार्डहरु पनि प्रदर्सन गरिएका थिए ।
संकलित हस्तक्क्षरका साथ ज्ञापन पत्र भोलि जिल्ला प्रमुख मार्फत प्रधान-मन्त्रिलाई पठाउने योजना रहेको ब्राह्मण समाज नेपालका कोषाधक्ष्य रोशन ओझा ले जानकारी दिनु भयो ।
अन्य तस्बिर :