• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

  • ३. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नेपालभरका मूर्तिकार सोमेश्वरमा भेला



  •   मङ्गलबार, कार्तिक २६, २०७६
  • A
  • A+
  • A++

चितवन – माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।

माडी नगरपालिका वडा नम्बर–५ को सोमेश्वर गढी पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन निर्माण गरेको इतिहास भेटिन्छ। सोमेश्वर क्षेत्रमा नेपाल–भारतको २४५ नम्बर सिमास्तम्भ समेत रहेको छ। सोमेश्वर गढीलाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि देशभरबाट छनौट गरेको एक सय नयाँ गन्तव्यमा समेत राखेको छ। माडीका कलाकार दिनेश्वर महतोले सोमेश्वर गढी उक्लने बाटोमा रहेको ढुंगामा करिव एक वर्षअघि भगवती कालिकाको टाउकोको मूर्ति बनाएका थिए। त्यसलगत्तै सोमेश्वर गढी क्षेत्रमा मूर्तिको खुल्ला बगैंचा बनाउने बारेमा छलफल अघि बढेको कलाकार महतोले बताए।

अहिले देशभरका कलाकार गढीमा रहेका ठूला ढुंगालाई फोडेर कलात्मक आकृति कुँद्न लागिपरेका छन्। गत शनिबारदेखि सुरु भएको १८ दिने कार्यशाला अवधिभर कलाकारहरुले करिव ४० वटा हाराहारीका मूर्तिहरु तयार गर्नेछन्। मूर्तिकारहरुले आधुनिक, सम–सामयिक र यथार्थपरक विषयवस्तु झल्काउने, राष्ट्रिय महत्व, धार्मिक र प्रकृति झल्काउने मूर्तिहरु तयार गरिरहेका छन्। मूर्तिहरु डेढ किलोमिटरको दुरीभित्रै निर्माण गर्न लागिएको ढुंगा स्थलगत अध्ययन पछि मूर्तिका लागि प्रयोगमा आएको हो। ‘बाटोमा त्यतिकै रहेको ठूला ढुंगामा मूर्ति बनाउन लागिएको हो। यहाँ गढीमा भएको ढुंगा जहाँ जस्तो अवस्थामा छन्। त्यसैमा मूर्ति बनाउँदै छौं,’ उनले भने। गढीको फेदीदेखि गढी पुग्ने बाटोको छेउमा रहेका ढुंगामा मूर्तिहरु बनाउन लागिएको हो। मूर्तिसँगै गढीमा आकर्षक बगैंचासहितको पार्क निर्माण गर्ने योजना नगरपालिकाले अघि बढाएको छ। कलाको माध्यमबाट सोमेश्वर गढीको पहिचान उजागर गर्नका लागि कार्यशाला चलाईएको उनले जानकारी गराए।

सोमेश्वर गढीमा निर्माण हुने मूर्तिले गढीको ऐतिहासिक, धार्मिक र संस्कृति महत्व उजागर हुनेसँगै माडीको समेत पहिचान बन्ने माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतो बताइन्। ‘गढीबाट माडीका साथै भारतका ठाउँहरु अवलोकन गर्न सकिन्छ। प्रकृतिमा रमाउँदै घुम्न मन पराउनेहरुको लागि गढी उपयुक्त घुम्ने ठाउँ हुनसक्छ,’ उनले भनिन्। कार्यशालाका लागि नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस वर्ष गढीको विकासका लागि करिव दुई करोड रुपैयाँ लगानी गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए। ‘मोटर बाटोमा ढल निकास बनाउने, पाहुना घर बनाउने, सोमेश्वर कालिका मन्दिर नजिकै सिंढी बनाउने, आकर्षक गेट लगायतका पूर्वाधार बन्ने क्रममा रहेका छन्,’ उनले भने, ‘माडीभित्र वाल्मीकी आश्रम, गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, शनि मन्दिरलगायतका धार्मिक महत्वका स्थानसँगै ऐतिहासिक महत्वको गढी ताल, झरना समेत रहेका छन्।’ Nagariknews बाट साभार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.