पछिल्लो समय नेपाल र भारत बिचको सिमा बिवादले उग्र रुप लिएको छ । नेपाली भुमी भारतले आफ्नो नक्सामा समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले देशभर भारतको बिरोध भैरहेको छ । संघिय राजधानी काठमाण्डौ सहित देशका बिभिन्न ठाउँहरुमा भारतले लगेको नेपाली भुमि तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै बिरोधका कार्यक्रमहरु भैरहेका छन् । नेपाल सरकारले पनि एकलौटी रुपमा भारतले सार्बजनिक गरेको नयाँ नक्सा मान्य नहुने बताइसकेको छ ।
आज क्षेत्री समाज नेपाल चितवन समितिले आज भरतपुरमा बिरोध र्यालि निकालेको छ। र्यालि मालपोत चोंकबाट सुरु भएर जिल्लाप्रशासन चोकमा गएर समापन भएको थियो। सहभागीहरुले भारतबाट अतिक्रमित नेपाली भुमि फिर्ता मागकोलागि नाराबाजी गरेका थिए।
सिमा विवादको समाधानका लागि पहल नभएका होइनन् । पटक पटक २ देशका प्रमुख बिच सिमा विवाद समाधानका लागि छलफल भएपनि त्यसको दीर्घकालिन समाधान भने हुन सकेको छैन। जसका कारण सिमा क्षेत्रका नेपालीहरुले एकातिर भारतिय नागरिक र सुरक्षाकर्मीको सास्ती त खेपिरहेका छन नै अर्कोतिर आफ्नै जमिनमा बस्दा पनि भारतको इसरामा चल्नुपर्ने बाध्यता रहेको छ ।
भिडियो :