• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

कन्या गुरुकुलका लागि आयोजित महायज्ञ सकियो



  •   सोमबार, मङि्सर २३, २०७६
  • A
  • A+
  • A++

भरतपुर/पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा निर्माण हुने समावेशी कन्या गुरुकुलका लागि भरतपुरमा आयोजित महायज्ञ सकिएको छ । देवघाटमा समावेशी कन्या गुरुकुल निर्माणका लागि गत मङ्सिर १३ देखि भरतपुर १२ पोखरेली टोलमा श्रीमद् भागवत महापुराण धनधान्याचल विराट ज्ञान महायज्ञको आयोजना गरिएको थियो । सो महायज्ञ समापनमा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा सुवेदीले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता राज्यले निःशुल्क प्रदान गर्नुपर्ने भएपनि संस्थाहरुले त्यसको जिम्मा लिनु सुखद विषय भएको बताए । संघसंस्थाहरुले गर्ने शैक्षिक कार्यक्रममा सरकारले सहयोग गर्नुपर्ने सुवेदीको भनाइ थियो । पछिल्लो समय वैदिक सनातन धर्म हराउँदै गएको अवस्थामा संस्कृत शिक्षा मार्फत यसको संरक्षण र सम्वद्र्धनमा टेवा पुग्ने सुवेदीले बताए । सो महायज्ञबाट शनिबार अन्तिम दिनसम्म एक करोड ९० लाख रुपैयाँ संकलन भएको महायज्ञ आयोजक समितिका सहसचिव उद्धव सञ्जेलले बताए ।

सञ्जेलका अनुसार शनिबार मात्रै ओम शिवक्ति कल्याणी केन्द्रका संस्थापक महासचिव लक्ष्मणसिंह श्रेष्ठले १० लाख रुपैयाँ प्रदान गरेका छन् । महायज्ञबाट संकलन भएको रकमबाट पवित्र तीर्थस्थल देवघाटधाममा १२ रोपनी क्षेत्रफलमा आवास सहितको कन्या गुरुकुल सञ्चालन गर्ने तयारी गरिएको महायज्ञ मूल समिति संयोजक रवीन्द्र अधिकारीले जानकारी दिए । कन्या गुरुकुलको निर्माण सम्पन्न गर्न करिब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकोमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ गराइने अधिकारीले बताए । गुरु योजनाअनुसार सम्पूर्ण निर्माण सम्पन्न गर्न २० करोड रुपैयाँ लाग्ने भएपनि पहिलो चरणमा चार करोड रुपैयाँ भएपछि कक्षा सञ्चालन गर्न सकिने अधिकारीले बताए ।

पछिल्लो समय वैदिक सनातन धर्म र संस्कृतिमाथि हस्तक्षेप भइरहेकाले भन्दै गुरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको अधिकारीको भनाइ छ । महायज्ञमा बाल ब्रह्मचारी पण्डित श्यामशरण अधिकारीबाट पाठ पारायण, धर्म दर्शन एवम् पुराणका प्रवक्ता धर्माचार्य कृष्णप्रसाद गुरागाईबाट कथा प्रवचन तथा विशिष्ट साधु सन्त महात्मा तथा जगतजननी शिवशक्ति स्वरुपा कल्याणीबाट आशिर्वचन प्रदान भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.