चितवन, २५ मंसिर।
नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । पहिरो रोकथामको काम गर्न दुईसाताको लागि उक्त सडकखण्ड दिउसो बन्द गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले मंसिर २७ गतेदेखि लागु हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।
नारायणगढबाट मुग्लिङतर्फ जाने यात्रुबाहक सवारीसाधनहरुलाई पध्र किलोमा र मालबाहक सवारीसाधनलाई दासढुङामा रोकिने छ । त्यस्तै काठमाडौबाट नारायणगढ तर्फ आउने यात्रुबाहक सवारीसाधनलाई मुग्लिङमा र मालबाहक सवारीसाधनलाई लेवाटारमा रोकिने जनाइएको छ । त्यस्तै पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनिटार र मालबाहक सवारीसाधनलाई आबुखैरहनीमा रोकिने प्रहरीले जनाएको छ ।