नारायणी दैनिक , पुष ३ , पछिल्लो समय चितवनमा चर्चामा रहेको घटना हो भण्डारामा भएको अष्ट्रेलिया काण्ड। श्रीमतीलाई राम्रो पढाएर भविष्य बनाउने सपना देखेर अष्ट्रेलिया पठाएका रवी रुवालिले उनि श्रीमतीको कारणले यो संसार छोडेर जानु पर्यो तर अहिले यो घटनाले चर्को रुप लिगेको छ। दुरुत्शाहन आरोपमा हिरा सतमा रहेकी रन्जना मैनाली आज मात्र धरौटीमा रिहा भएकि छिन।
हिजो र आज भएको ईजालासले रंजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो। घटनमा मा श्रीमतीको अपहेलानाले नै गर्दा श्रीमानले ज्या न गुमाएको भनेर भन्दा पनि देशको कानुन ले रंजनालाई रिहा दिएको छ। अष्ट्रेलियामा रहंदा नेपाल बाट पैसा मागेर सबै सम्पति सकाएर छोरालाई हेला गरेको भन्ने परिवारको आरोप रहेको छ।
रञ्जनाको देउरानीले रवि र उनको सम्बन्ध सुधार्न निकै कोशिष गरेको तर त्यो सम्बन्ध राम्रो हुन नसकेको बताइन् । रविले निकै माया गर्ने भएकाले रञ्जनालाई जसरी पनि फकाइदेउ भनेपछि आफुले जेठाजुलाई माइत लिएर गएर रञ्जनासंग भेटाएको बताइन् । त्यती बेला रवि रोएको देखेर आफुलाई निकै दुख लागेको उनले सुनाइन् । त्यसरी रवि रुँदा पनि रञ्जना एक शब्द नबोलेको बताइन् । रञ्जना आफ्नो देवरको विवाहमा पनि नआएको तर आफ्नो दिदीको विवाहमा आएर रविलाई तिर स्कार गरेको देउरानीको भनाई छ ।
https://youtu.be/d3prU9bxPG0
रविले अन्तिम अवस्थामा पनि रञ्जनालाई सम्झिरहेको स्मरण गर्दै भाईबुहारीले त्यस्तो अवस्थामा पनि रञ्जनाले वास्ता नगरेको बताइन् । रविले अन्तिम अवस्थामा रञ्जना भनेर बोलाउँदा पनि नजिक समेत नपरेको बताइन् । त्यती बेला रञ्जनाले साथ दिएको भए पनि रवि बाँच्ने अवस्था रहेको बताइन् । अन्तिम अवस्थामा रञ्जना एक बचन बोलिदिएको भएपनि रविलाई गुमाउन नपर्ने भाईवुहारीले बताइन् । ‘घरमा आउने बित्तिकै अस्मिता भनेर बोलाउनुहुन्थ्यो, अहिले पनि कतिवेला आउनुहुन्छ जस्तो लाग्छ उनले भनिन् दाईले त्यत्रो माया गरेको देखेर जेठानी राम्रो हुनुहुन्छ होला भन्ने लागेको थियो तर ढुंगा भन्दा पनि कठोर मन भएको हुनुहुदोरहेछ अचम्म लाग्यो ।’
रविले आफ्नो भाइबुहारीलाई बहिनी जस्तै माया गर्थे । आफ्नो कोठामा आमावुवालाई जान दिन्थेनन् । तर बुहारीलाई भने जान अनुमति थियो । भाइबुहारीको आफ्नो दाई नभएका कारण पनि जेठाजुलाई उनले आफ्नै दाईजस्तो माया गरेको बताइन् । उनले अन्त्यमा रविका लागि केही गर्न नसकेकोमा निकै दुख लाग्छ । आफ्नो विवाह भएर आएको एक वर्षमा रविले भाईवुहारीले दाईको जस्तै माया पाएको बताइन् ।
हेर्नुहोस भिडियो।
https://youtu.be/7SxdsXz6yJ8