भरतपुर/चितवन उद्योग संघ महिला उद्यमी मञ्चको आयोजनामा चितवन कारागारमा रहेका महिला बन्दीहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।
महिला उद्यमी मञ्च संयोजक सुधा सुवेदी पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा महिला उद्यमी मञ्चकी निर्देशकहरु पार्वती कुँबर सुमित्रा दाहाल समेतको उपस्थिति रहेको थियो । तालिमलाई नमिता प्रधानले प्रशिक्षण दिनुभएको थियो । तालिममा १९ जना बन्दी महिलाहरु सहभागी रहेका थिए । तालिममा जाडोमा प्रयोग हुने स्वीटर, मोजा, टोपी लगायतका कपडाहरुको लागि आवश्यक सामाग्री सहित प्रदान गरिएको थियो । तालिममा सिकेका सिपबाट तयार गरिएका सामाग्रीहरुलाई बजारमा बिक्रीको लागि समेत सहयोग पु¥याउने र सो कार्यबाट महिला बन्दीहरुलाई आयआर्जनमा समेत टेवा पुग्ने महिला उद्यमी मञ्चकी संयोजक पौडेलले बताउनुभयो । मंसिर २५ गतेदेखि सञ्चालन भएको उक्त तालिम पौष १ गतेसम्म सञ्चालन भएको थियो ।
- A
- A+
- A++
तपाईको प्रतिक्रिया