भरतपुर/चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग व्यवसायी समितिको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बद्री प्रसाद चापागाईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा तीर्थराज बतौला, उपाध्यक्षमा चन्द्रकान्त सुवेदी, सचिवमा कमलापति सापकोटा, सह–सचिवमा ऋषिराम अधिकारी, कोषाध्यक्षमा विकास सुवेदी रहनु भएको छ । त्यसैगरी समितिको सदस्यहरुमा भागिरथ शर्मा, रामकुमार रैला, सम्राट कोइराला, भागिरथ कँडेल, माधव शर्मा, दिनेश आचार्य, संजय पौडेल रहनुभएको छ । त्यसैगरी लेखा समिति संयोजकमा ताराप्रसाद चापागाई, सदस्यहरुमा बिष्णुप्रसाद आचार्य, घनश्याम भट्टराई रहनुभएको छ ।
चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग व्यवसायी समितिका अध्यक्ष ईश्वरी प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सिमेन्ट सामाग्री उद्योग व्यवसायी संघका केन्द्रीय अध्यक्ष महादेव शर्मा प्रमुख अतिथि रहनुभएको थियो ।
अधिवेशनको निर्वाचन मण्डल संयोजकमा गणेशप्रसाद सिलवाल र निर्वाचन अधिकृतहरुमा गोविन्द प्रसाद पौडेल र राजु भट्ट रहनुभएको थियो ।
यसअघि चितवन नवलपुर सिमेन्ट सामाग्री उद्योग व्यवसायी समितिका अध्यक्ष ईश्वरी प्रसाद रिजालले अध्यक्षको प्रतिवेदन, सचिव विष्णु प्रसाद सापकोटाले वार्षिक प्रगति प्रतिवेदन र चन्द्रकान्त सुवेदीले वार्षिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

- A
- A+
- A++
तपाईको प्रतिक्रिया