• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ३. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

भारतविरुद्ध सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्ड विश्वकपको फाइनलमा



  •   बुधबार, असार २५, २०७६
  • A
  • A+
  • A++

एजेन्सी :न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विश्वकपअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै साविक उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो।

न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले खराव सुरुवात गर्दै ४९.३ ओभरमा दुई सय २१ रन मात्र बनाउन सक्यो।

जवाफी ब्याटिङ गरेको भारतले पाँच रनमा तीन विकेट गुमाएको थियो। प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहली व्यक्तिगत एक-एक रनमा पेभेलियन फर्किएका थिए। त्यसपछि दिनेश कार्तिक पनि व्यक्तिगत ६ रनमा आउट भएपछि भारत दबाबमा परेको थियो।

रिषभ पन्त र हार्दिक पाण्ड्याले ४७ रनको साझेदारी गर्दै टोलीलाई अगाडि बढाएका थिए। पन्त २४औं ओभरमा ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। पाण्ड्या पनि ३२ रनमै आउट भए। त्यसपछि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले एक सय १६ रनको साझेदारी गरेका थिए। जडेजाले ७७ रनको अर्धशतकीय पाली खेले। उनले ५९ बलमा चार छक्का र चार चौका हिर्काए। धोनीले पनि ७२ बलमा ५० रन बनाए। ४८.३ ओभरमा धोनी रन आउट भएपछि भारतको सम्भावना सकिएको थियो।

न्युजिल्यान्डका म्याट हेनरीले तीन विकेट लिए। यसैगरी मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले दुई÷दुई तथा लुकी फर्गुसन र जेम्स निसामले एक÷एक विकेट हात पारे।

यसअघि न्युजिल्यान्डले मंगलबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर कप्तान केन विलियम्सनको निर्णयलाई न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यानले सही सावित गर्न सकेनन्। मार्टिन गप्टिल व्यक्तिगत एक रन बनाउँदै पेभेलियन फर्किएपछि कप्तान विलियम्सन र हेनरी निकोलसले पाली सम्हालेका थिए। यी दुईले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेनरी २८ रनमा आउट भएपछि विलियम्सन र रस टेलरले न्युजिल्यान्डको पाली अगाडि बढाए। उनीहरुले ६५ रनको साझेदारी गरेका थिए। विलियम्सनले ६७ रनको अर्धशतकीय पाली खेले। उनले ९५ बलमा ६ चौका हिर्काए।

न्युजिल्यान्डले ४६.१ ओभरमा पाँच विकेट गुमाएर दुई सय ११ रन बनाएको अवस्थामा पानी पर्न थालेपछि खेल रोकिएको थियो। खेल रोकिँदा रस टेलर ६७ रनमा अविजित थिए। सोही अवस्थाबाट बुधबार खेल सुरु हुँदा न्युजिल्यान्डले बाँकी २३ बलमा २८ रन बनाउँदै तीन विकेट गुमाएको थियो। न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३९ रनको योगफल खडा गरेको थियो। अघिल्लो दिन ६७ रनमा अविजित रहेका टेलर ७४ रनमा पेभेलियन फर्किए। उनी रवीन्द्र जडेजाबाट रनआउट भएका थिए। न्युजिल्यान्डका कोलिन डे ग्रान्डहोमले १६, जेम्स निसामले १२ र टम लाथमले १० रन बनाए।

भारतका भुवनेश्वर कुमारले तीन विकेट लिए। यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजभेन्द्र चाहलले एक÷एक विकेट हात पारे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.