• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ ०४, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

भारतविरुद्ध सनसनीपूर्ण जित निकाल्दै न्युजिल्यान्ड विश्वकपको फाइनलमा



  •   बुधबार, असार २५, २०७६
  • A
  • A+
  • A++

एजेन्सी :न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विश्वकपअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै साविक उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो।

न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले खराव सुरुवात गर्दै ४९.३ ओभरमा दुई सय २१ रन मात्र बनाउन सक्यो।

जवाफी ब्याटिङ गरेको भारतले पाँच रनमा तीन विकेट गुमाएको थियो। प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहली व्यक्तिगत एक-एक रनमा पेभेलियन फर्किएका थिए। त्यसपछि दिनेश कार्तिक पनि व्यक्तिगत ६ रनमा आउट भएपछि भारत दबाबमा परेको थियो।

रिषभ पन्त र हार्दिक पाण्ड्याले ४७ रनको साझेदारी गर्दै टोलीलाई अगाडि बढाएका थिए। पन्त २४औं ओभरमा ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। पाण्ड्या पनि ३२ रनमै आउट भए। त्यसपछि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले एक सय १६ रनको साझेदारी गरेका थिए। जडेजाले ७७ रनको अर्धशतकीय पाली खेले। उनले ५९ बलमा चार छक्का र चार चौका हिर्काए। धोनीले पनि ७२ बलमा ५० रन बनाए। ४८.३ ओभरमा धोनी रन आउट भएपछि भारतको सम्भावना सकिएको थियो।

न्युजिल्यान्डका म्याट हेनरीले तीन विकेट लिए। यसैगरी मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले दुई÷दुई तथा लुकी फर्गुसन र जेम्स निसामले एक÷एक विकेट हात पारे।

यसअघि न्युजिल्यान्डले मंगलबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर कप्तान केन विलियम्सनको निर्णयलाई न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यानले सही सावित गर्न सकेनन्। मार्टिन गप्टिल व्यक्तिगत एक रन बनाउँदै पेभेलियन फर्किएपछि कप्तान विलियम्सन र हेनरी निकोलसले पाली सम्हालेका थिए। यी दुईले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेनरी २८ रनमा आउट भएपछि विलियम्सन र रस टेलरले न्युजिल्यान्डको पाली अगाडि बढाए। उनीहरुले ६५ रनको साझेदारी गरेका थिए। विलियम्सनले ६७ रनको अर्धशतकीय पाली खेले। उनले ९५ बलमा ६ चौका हिर्काए।

न्युजिल्यान्डले ४६.१ ओभरमा पाँच विकेट गुमाएर दुई सय ११ रन बनाएको अवस्थामा पानी पर्न थालेपछि खेल रोकिएको थियो। खेल रोकिँदा रस टेलर ६७ रनमा अविजित थिए। सोही अवस्थाबाट बुधबार खेल सुरु हुँदा न्युजिल्यान्डले बाँकी २३ बलमा २८ रन बनाउँदै तीन विकेट गुमाएको थियो। न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३९ रनको योगफल खडा गरेको थियो। अघिल्लो दिन ६७ रनमा अविजित रहेका टेलर ७४ रनमा पेभेलियन फर्किए। उनी रवीन्द्र जडेजाबाट रनआउट भएका थिए। न्युजिल्यान्डका कोलिन डे ग्रान्डहोमले १६, जेम्स निसामले १२ र टम लाथमले १० रन बनाए।

भारतका भुवनेश्वर कुमारले तीन विकेट लिए। यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजभेन्द्र चाहलले एक÷एक विकेट हात पारे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.