• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

समाजमा लुकेको एक पाटो : पुरुष हिंसा

"सबै पुरुषलाई अपराधिक मानसीकताबाट हेरिनु न्याय संगत देखिदैन "


  •   मङ्गलबार, पुष २२, २०७६
  • A
  • A+
  • A++

लिजा भट्टराई/ आजभोली हरेक सञ्चार माध्यममा निकै महत्वका साथ आउने हिंसाको समाचारले मलाई पनि निकै छोयो । चाहे छापा माध्यम,विद्युतिय माध्यम, र फेसबुक हिंसाको समाचारले सजिएका पाउन थालेकी छु । ‘हिंसा’ आफैमा अप्रीय शब्द हो । मानिसले यसको प्रयोग सहजै गर्दैन । त्यस मध्ये पनि महिला हिंसाको बारेमा धेरै सुन्न र देख्न पाइन्छ । त्यसो त महिला माथि धेरै नै हिंसा हुने गरेको छ । यो विषय धेरै समाचार बन्नु स्वभाविक पनि हो । नेपालको संविधानले महिला हिंसाको बारेमा धेरै बोलेको छ भन्दै रटान गर्नेहरुको संख्या पनि धेरै छन् । तर जतिसुकै रटान गरे पनि महिला हिंसा पूर्ण रुपमा रोकीएको छैन । महिला हिंसा किन भयो भन्ने बारेमा कारणको खोजी हुदैन तर महिला हिंसा गर्यो भन्दै पुरुष माथि कारबाहि हुने विषयले निकै धेरै महत्व पाइरहेको छ । आजभोली मलाई महिला हिंसा सँगसँगै पुरुष हिंसोको विषयले किन महत्व पाएको छैन भन्ने विषयले मलाई निकै छोएको छ ।

केवल महिलाहरु मात्रै हिंसामा पर्दछन् भन्ने मानसिकताबाट ग्रसीत मानिसहरु पुरुष हिंसाको बारेमा किन सोचिरहेको छैनन्? महिला हिंसा हुनुमा पुरुषमाथि हुने हिंसाको एक कारण हो भन्ने कुरालाई किन हामी मनन् गर्न सकिरहेका छैनौं? हामी धेरैजसो यो सुन्दै आइरहेका छौ की घरेलु हिंसाको शिकार महिलामात्रै भैरहेका छन् तर के हामीले यो सुनेका छौं की , एक पुरुषपनि घरेलु हिंसाको शिकार हुन्छ। तात्कालिन समयमा महिला हकअधिकार र महिला हिंसाको कुरा गरीरहँदा समाजको उत्तिनै अर्को महत्वपूर्ण पक्ष पुरुषमाथि चाहीँ अन्याय र अत्याचार नै भएको छैन भन्ने मनस्थिति बनाउनु त्यत्ति धेरै सान्दर्भिक हुदैन । हो महिला भन्दा पुरुषकमै हिंसाको चपेटामा परेका होलान् ,कीनकी हाम्रो समाज पुरुषप्रधान समाज हो र सामाजिकमूल्य र मान्यताप्रति पुरुषको अनुकुलता नै चलिआएको छ । तर केहीप्रतिशत पुरुषको उदाहरण दिएर समाजका सबै पुरुषलाई अपराधिक मानसीकताबाट हेरिनु कत्ति पनि न्याय संगत देखिदैन । पुरुषले बेहोर्ने अत्याचार र दुव्र्यवहारका घटना कमै सुन्ने गरिएको छ । हाम्रो समाज र कानुन यो मान्नको लागि तयारी छैन की पुरुषपनि हिंसाको शिकार हुन्छन् ।पुरुषले सार्वजनिक रुपमा आफ्नो दुःखपोख्दा र अरुको अगाडी रुनु हुँदैन अन्यथा पुरुषलाई नामर्दको ट्याग लगाइदिने र मानसिक तनावमा पार्ने प्रवृति पनि विद्यमान छ । पुरुष प्रधान समाज भएकै भरमा पुरुषले आफूलाई भएका सबै कुरा सहनै पर्ने र बाहिर ल्याउन हिचकिचाउन पर्ने यो कस्तो नियतीहो । यसको बारेमा कतै कोही पनि बोलेको पाईदैन ।

महिलाको हक-अधिकार र स्वतन्त्रताका निम्ति काम गर्ने धेरै अधिकार कर्मी र संघसंस्थाहरु हामीकँहा छन् राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ सस्थाहरुले पनि महिला अधिकारको बारेमा वकालत गर्न छाडेका छैनन् ।यहाँ सम्मकी पशुपंक्षी र जनावरको स्वतन्त्रता र अधिकारको कुरा गर्ने हाम्रो समाज पुरुषको सम्बन्धमा किन मौन छ । एकातिर नारी र पुरुषको महत्व स्थान समान छ भन्ने अर्कोतिर पुरुष माथि हुने अत्याचारलाई किन नजर अन्दाज गरेर बसेका छन्? शारिरीक हिंसाको शिकार कमै भए पनि मानसिक तवरले पुरुष पनि कम अन्याय र अत्याचारको पात्र बनेका छैनन् भन्ने उदाहरण प्रशस्त देखिएका छन् । । एउटा श्रीमान् सकीनसकी ऋण धन गरेर श्रीमतीलाई पढ्न विदेश पठाउँछ , दुवैको सुखद भविश्यको सपना देखेर अनी त्यहि श्रीमती आफू आर्थिक तवरले सक्षम भएर पर पुरुषसित लागि त्यही श्रीमानलाई विष पिएर मर्ने सम्मको मानसिक तनाव दिनु के यो पुरुष हिंसा होइन र? यो त भयानक अपराध हो जसलाई पुरुष हिंसाको रुपमा प्रस्तुत गर्न सकिन्छ । जागीरे श्रीमतीको बेरोजगार श्रीमानलाई घर समालेर बस्दा किन घर समालेर बसेको भन्ने जस्तो सामान्य रुपमा लिइदैन ? बरु उसलाई नामर्द ,जोइटिङ्ग्रे भन्न पछि पर्दैनन् । जुन परिवारमा श्रीमानको कमाई कमहुन्छ त्यो परिवारमा श्रीमतीको इच्छा पुरा गर्न नसक्दा श्रीमतीबाट कति मानसीक पिडा र लान्छना सहनुपरेको छ भन्ने कुरालाई कहिल्यै अन्दाज गर्न सक्दैनौ ।

घरमा रातदिन तनाव जसले गर्दा धेरैं पैसा कमाउने चक्करमा कति यूवा कुबाटोमा धकेलिएका छन् र कानुनको फन्दामा परेका छन् , के यो हिंसाको उदाहरण होइन? त्यति मात्र होइन , श्रीमती श्रीमान् भन्दा बढी कमाउछिन् , धेरै पढेलेखेकी छिन् र आफू भन्दा उच्चदर्जामा काम गर्ने श्रीमती छिन् भने पनि यो समाज र परिवारले पुरुषलाई हेर्ने नजर र उसको बारेमा उठाउने टिप्पणी बेग्लै हुन्छ । कतिपय महिलाले त महिलाले हकहितका लागि बनाएको कानुनको समेत दुरुपयोग गरी निर्दोषलाई कानुनको फन्दामा पारेका छन् । पति पत्नी बीचभएको सानो तिनो घटना जुन घरमा नै आपसी समझदारीबाट सुल्झाउन सकिन्छ । त्यस्ता झगडापनि अदालतमा लगेर श्रीमानलाई मानसिक तनाव दिएका छन् । श्रीमानसँग सम्बन्ध विच्छेद पछि पनि बारम्बार पैसाको लागि अनेकौ धम्की दिने घटनाका साक्षी हामी बनिसकेका छौं हामी । के यो पुरुष माथि भएको अत्याचार हैन र? के यो हिंसा हैन र? यी सबै कुराहरुले हाम्रो समाजमा घरेलु हिंसाको मामलामा महिलाको पक्षमा मात्र बोल्ने पक्षपाति बनिरहेको प्रसस्त प्रमाण हैन र? जब हामी पुरुषले गरेका अत्याचारका विरुद्ध नारा लगाउँछौ , हामी त्यसैको पक्षपाति भएर खनिन्छौं तर त्यसको ठिक उल्टो महिलाले गरेको अन्यायका विरुद्धमा भने हामी कोही नारा लगाउनतयार छैनौं । किनभने त्यहाँ पुरुष आफू माथि भएको अत्याचार सार्वजनिक गर्न डराईरहेको हुन्छ । अझभनौ पुरुषले शर्म मान्नबाध्य हुन्छ ।

यदि कुनै पुरुष साहस गरी आफू अन्यायमा परेर जवअदालतको ढोका ढक्ढकाउन पुग्छ,त्यति बेला पनि शंका र गल्तिको दायरमा सर्वप्रथमपुरुष नै पर्ने गर्छ । कीनकी समाजअझै पनि पुरानै मापदण्डमा चलिरहेको छ । हरेक समय अपराध पुरुषकै हुन्छ भन्ने मान्यतालाई पनि बदलेर को हो दोषीभन्ने तर्फ पनि ध्यान दिने हो की? आजभोली खुलापनको दम्भका कारण आफ्नो स्वार्थ पुरा नभए पुरुषलाई अन्यायमा पार्ने परिपार्टीले पुरुष हिंसामा परिरहेका छन् । तर हाम्रो समाज यो मान्नको लागितयार छैन की पुरुष पनि महिलाको अपराधको शिकार बन्न सक्छन् र? त्यसैले त सरकारी निकाय यस प्रति आँखा बन्ध गरेर बसेको छ र न्याय ओझेलमा परेको छ । आखिर किन सहानुभूति महिलाको लागि मात्र देखाइन्छ ? निष्पक्ष , उन्नती र स्वतन्त्रताको भागिदार पुरुषहुन् भन्ने हामीले कीन पुरुषलाई नै सजायको भागिदार हो भन्ने मानसिकता पालेका छौं । भर्खरै मात्रै चितवनमा घेटेको घटनामा रविले किन आत्महत्या गरे भन्ने बारेमा हामीकिन मौन छौं ।

पुरुष र नारीलाई बरावरी अधिकारको कुरा गर्ने हामीहामी पुरुषलाई हुने हिंसा प्रति किन जिम्वेवार रुपमा विषय उठान गर्न सकिरहेका छैनौं । राष्ट्रपति , सांसद , मन्त्रीजस्तो गरिमामयीपदमा महिलाको उपस्थीति भइसकेको देशमा हामी किन यस प्रति सजग हुन सकिरहेको छैनौं । यस्ता यावत प्रश्नहरुको उत्तर दिन म जस्ता महिलाहरुले किन सकिरहेका छैनौ भन्ने कुराहरुले पिरली रहेको छ । त्यसैले सभ्य र शिक्षित समाजका जिम्मेवार नारीको पनि केहि कर्तव्य हुन्छ भन्ने कुरा प्रति हामी पनि क्रियाशिल हुने की? महिला हिंसा र पुरुष हिंसा बास्तवमा समान प्रकारको हिंसा हो भन्ने कुरालाई ध्यानदिन सकियो भने मात्रै हिंसा रहित समाजको कल्पाना गर्न सकिएलाकी ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.