उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका लागी ब्यवसायी ज्ञानेन्द्रमान शाक्यले अध्यक्षमा र बरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद कंडेलको कंडेलले उमेदवारी दिएका छन । आज एक बिशेष कार्यक्रमका बिच पत्रकार सम्मेलन गरेर शाक्यले आफ्नो उम्मेवारीको घोषणा गरेका छन ।
ब्यवसायीको मतलाई बन्धक बनाउने गरी गरिएको गोला प्रथाको विरुद्धमा आफुले उमेदवारी दिएको बताएका छन। लोकतान्त्रिक पद्दति र एउटा कानुनि बाटो बाट नगई लाजमर्दो तरिकाले गोला तानेको भन्दै उनले त्यसको विरोध गरेका छन । ५२ वर्षदेखी संघमा आवद्ध शाक्यले ब्यवसायीको पक्षमा आफु उत्रिएको बताए ।
संघलाई आगामी दिनमा बलियो र सबल बनाउन र पछिल्लो समय सरकारले व्यायासायीलाई लेराएको कर कानुनको बिरुद्द आफुले आवाज उठाउने र व्यावसायीको हितमा काम गर्ने बताएका छन ।
शाक्यको प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद कंडेलले उम्मेदवारी दिएका छन । नेतृत्व छानने अधिकार कुण्ठित गर्ने प्रथाको विरुद्धमा आफु उभिएको उनले बताए । उनले यसपटक निर्वाचन जित्ने दावी गरे । त्यसका लागी तयारी गरेको उनलेब बताए । उनी संघको उपाध्यक्ष समेत भईसकेका छन ।
उम्मेदवार पौष २८ र २९ गते संघको ५३ औं साधारण सभा तथा अधिवेशन हुदैछ । अधिवेशनका लागी अध्यक्षका प्रत्यासी राजु श्रेष्ठ र चुननारायण श्रेष्ठलाई आलोपालो अध्यक्ष हुने गरी गोला तानिएको थियो । उक्त कामको ब्यवसयीहरुले नै विरोध गरेका छन ।