• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

माडीको पर्यटन प्रवद्र्धन गर्न खिचरा महोत्सव आयोजना

"पुस २८ गतेदेखि सुरु हुने "


  •   बिहिबार, पुष २४, २०७६
  • A
  • A+
  • A++

माडीको पर्यटन प्रवद्र्धन गर्न माडीमा खिचरा महोत्सव गर्न लागिएको छ । यही पुस २८ गतेदेखि सुरु हुने माडी खिचरा महोत्सवको तयारी तीव्र बनाइएको छ । माडी नगरपालिकाको आयोजनमा हुन लागेको महोत्सवमा थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १ माडी, नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् माडीको सहआयोजना रहेको छ ।

महोत्सवमा १ सय स्टल रहनेछन् । माडी–४ सिधुवा चौरमा हुने महोत्सवमा यतिबेला स्टल परिसर बनाउने काम भइरहेको छ । मेला आयोजक मूल समिति संयोजक रामेश्वर चौधरीले महोत्सवले माडीका पर्यटन गन्तव्य चिनाउन सघाउने बताए । “माडीमा थारु समुदायका वस्ती धेरै छन्, कला संस्कृति प्रवद्र्धन गर्दै पर्यटक आवागमन बढ्ने अपेक्षा गरेका छौँ”, उनले भने, “पर्यटकलाई गन्तव्य घुम्ने व्यवस्था मिलाइएको छ ।” सोमेश्वरगढी, बैकुण्ठेश्वर ताल,शनी मन्दिर, दिवानगरको त्रिवेणीधाम, गोद्धक लगायतका क्षेत्रमा महोत्सव अवधिभर यातायातको सुविधा मिलाईदैछ । उनका अनुसार माडी–भरतपुर चल्ने बसमध्ये दैनिक ३ गाडी माडीका पर्यटकीय गन्तव्य आसपासका सडकमा चलाइनेछ । माडीका रिसोर्टका केही जीप समेत पर्यटक घुमाउन प्रयोग हुनेछन्।

उनले थारु, गुरुङ, बोटे समुदायका ‘टिपिकल’ खानाका परिकार सहितका एक दर्जन स्टल हुनेछन् । सारङगी, ढकीया, डोका लगायतका हस्तकलाका सामाग्रीका स्टल समेत हुनेछन् । महोत्सव सफल पार्न १ सय ७ सदस्यीय मूल आयोजक समिति, १३ वटा उपसमितिहरु गठन भएका छन् । “महोत्सव स्थल आसपासमा हात्ती सफारी चलाउन निकुञ्जबाट हात्ती ल्याउन छलफल चलिरहेको छ”, चौधरीले भने, “स्थानीय तथा बाह्य पर्यटक रमाउन पाउनेछन् ।” महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिनेछन् ।

माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतोले भ्रमण वर्षकै कार्ययोजना अनुसार महोत्सव हुन लागेको बताइन् । “माडीमा थुप्रै पर्यटकीय गन्तव्य छन्, प्रचारको अभावमा ओझेलमा परेका छन्”, उनले भनिन्, “महोत्सव आउने पर्यटकलाई माडीका गन्तव्यबारे जानकारी समेत गराउने व्यवस्था मिलाएका छौँ ।” माडी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नगर हो । माडीमा थारु, मगर समुदायका होमस्टे सञ्चालनमा छन् । छिट्टै बोटे समुदायका होमस्टे सञ्चालनको तयारीमा छन् । महोत्सव प्रचारप्रसार समितिका सदस्य गोविन्द न्यौपानेले महोत्सव परिसर सजाउने काम चलिरहेको बताए । उनका अनुसार ८७ स्टल तयार भइसकेका छन् । स्टल व्यवस्थापन समितिका संयोजक वीरेन्द्र महतोले हालसम्म २० वटामात्रै स्टल बुकिङ भएको बताए । “बुकिङ हुने क्रम बढ्दो छ, १ सय स्टल सञ्चालन गर्ने योजना छ”, उनले भने, “स्थानीय स्टलनै धेरै हुनेछन् ।” थारु समुदायको माघी पर्वलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउन महोत्सव गर्न लागिएको हो ।

मेला परिसरमा माछाको मःम, फ्राइ, ग्रेवी सहितका परिकार सहितको स्टल समेत रहनेछ । दर्शकले जिउँदो माछा सहुलियतमा किन्न सक्नेछन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका सचिव नेत्र आलेले माडी माछाको ‘व्लक’ क्षेत्रको कार्यक्रम सञ्चालन भएकाले माछापालन व्यवसायीकता उन्मुख भएको बताए । उनका अनुसार महोत्सव परिसरमा माछाको नमुना पोखरी, डिलमा केरा खेती, तरकारी खेतीको प्रर्दशनी समेत हुनेछ । माडीमा करिव ३ सय हेक्टर जलाशयमा माछापालन हुने गर्छ । ५ सय ८३ जना व्यावसायिक किसान छन् । गोपालनगर कृष्णनगर लगायतका क्षेत्रका माछापोखरी अवलोकनको समेत व्यवस्था मिलाइएको छ । मेलाको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यतालिका छ । माडीमा यो वर्ष २० हजार पर्यटक भित्र्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.