Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज १६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

लोकप्रिय समाचार

  • १. मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

माडीको पर्यटन प्रवद्र्धन गर्न खिचरा महोत्सव आयोजना

"पुस २८ गतेदेखि सुरु हुने "


  •   बिहिबार, पुष २४, २०७६
  • A
  • A+
  • A++

माडीको पर्यटन प्रवद्र्धन गर्न माडीमा खिचरा महोत्सव गर्न लागिएको छ । यही पुस २८ गतेदेखि सुरु हुने माडी खिचरा महोत्सवको तयारी तीव्र बनाइएको छ । माडी नगरपालिकाको आयोजनमा हुन लागेको महोत्सवमा थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर १ माडी, नेपाल आदीवासी जनजाति महासंघ नगर समन्वय परिषद् माडीको सहआयोजना रहेको छ ।

महोत्सवमा १ सय स्टल रहनेछन् । माडी–४ सिधुवा चौरमा हुने महोत्सवमा यतिबेला स्टल परिसर बनाउने काम भइरहेको छ । मेला आयोजक मूल समिति संयोजक रामेश्वर चौधरीले महोत्सवले माडीका पर्यटन गन्तव्य चिनाउन सघाउने बताए । “माडीमा थारु समुदायका वस्ती धेरै छन्, कला संस्कृति प्रवद्र्धन गर्दै पर्यटक आवागमन बढ्ने अपेक्षा गरेका छौँ”, उनले भने, “पर्यटकलाई गन्तव्य घुम्ने व्यवस्था मिलाइएको छ ।” सोमेश्वरगढी, बैकुण्ठेश्वर ताल,शनी मन्दिर, दिवानगरको त्रिवेणीधाम, गोद्धक लगायतका क्षेत्रमा महोत्सव अवधिभर यातायातको सुविधा मिलाईदैछ । उनका अनुसार माडी–भरतपुर चल्ने बसमध्ये दैनिक ३ गाडी माडीका पर्यटकीय गन्तव्य आसपासका सडकमा चलाइनेछ । माडीका रिसोर्टका केही जीप समेत पर्यटक घुमाउन प्रयोग हुनेछन्।

उनले थारु, गुरुङ, बोटे समुदायका ‘टिपिकल’ खानाका परिकार सहितका एक दर्जन स्टल हुनेछन् । सारङगी, ढकीया, डोका लगायतका हस्तकलाका सामाग्रीका स्टल समेत हुनेछन् । महोत्सव सफल पार्न १ सय ७ सदस्यीय मूल आयोजक समिति, १३ वटा उपसमितिहरु गठन भएका छन् । “महोत्सव स्थल आसपासमा हात्ती सफारी चलाउन निकुञ्जबाट हात्ती ल्याउन छलफल चलिरहेको छ”, चौधरीले भने, “स्थानीय तथा बाह्य पर्यटक रमाउन पाउनेछन् ।” महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती दिनेछन् ।

माडी नगरपालिका उपप्रमुख ताराकुमारी काजी महतोले भ्रमण वर्षकै कार्ययोजना अनुसार महोत्सव हुन लागेको बताइन् । “माडीमा थुप्रै पर्यटकीय गन्तव्य छन्, प्रचारको अभावमा ओझेलमा परेका छन्”, उनले भनिन्, “महोत्सव आउने पर्यटकलाई माडीका गन्तव्यबारे जानकारी समेत गराउने व्यवस्था मिलाएका छौँ ।” माडी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नगर हो । माडीमा थारु, मगर समुदायका होमस्टे सञ्चालनमा छन् । छिट्टै बोटे समुदायका होमस्टे सञ्चालनको तयारीमा छन् । महोत्सव प्रचारप्रसार समितिका सदस्य गोविन्द न्यौपानेले महोत्सव परिसर सजाउने काम चलिरहेको बताए । उनका अनुसार ८७ स्टल तयार भइसकेका छन् । स्टल व्यवस्थापन समितिका संयोजक वीरेन्द्र महतोले हालसम्म २० वटामात्रै स्टल बुकिङ भएको बताए । “बुकिङ हुने क्रम बढ्दो छ, १ सय स्टल सञ्चालन गर्ने योजना छ”, उनले भने, “स्थानीय स्टलनै धेरै हुनेछन् ।” थारु समुदायको माघी पर्वलाई केन्द्रमा राखेर पर्यटक भित्र्याउन महोत्सव गर्न लागिएको हो ।

मेला परिसरमा माछाको मःम, फ्राइ, ग्रेवी सहितका परिकार सहितको स्टल समेत रहनेछ । दर्शकले जिउँदो माछा सहुलियतमा किन्न सक्नेछन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका सचिव नेत्र आलेले माडी माछाको ‘व्लक’ क्षेत्रको कार्यक्रम सञ्चालन भएकाले माछापालन व्यवसायीकता उन्मुख भएको बताए । उनका अनुसार महोत्सव परिसरमा माछाको नमुना पोखरी, डिलमा केरा खेती, तरकारी खेतीको प्रर्दशनी समेत हुनेछ । माडीमा करिव ३ सय हेक्टर जलाशयमा माछापालन हुने गर्छ । ५ सय ८३ जना व्यावसायिक किसान छन् । गोपालनगर कृष्णनगर लगायतका क्षेत्रका माछापोखरी अवलोकनको समेत व्यवस्था मिलाइएको छ । मेलाको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यतालिका छ । माडीमा यो वर्ष २० हजार पर्यटक भित्र्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

ट्रेन्डिङ

सबै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.