नेपाल पाञ्चाङ्ग निर्णायक समितिले आज बिज्ञप्ति निकालेर चन्द्र ग्रहणको नेपालमा दोष नलाग्ने जनाएको छ । सदस्य सचिब सुर्य प्रसाद ढुंगेलका अनुसार ‘ विभिन्न संचार मध्यमबाट आज चंद्र ग्रहण भनि खबर प्रकासित हुनुले सर्बसाधारणमा भ्रम र अन्योलको अवस्था सिर्जना भएको हुदा समितिको ध्यान आकृस्ट भएको छ । आजको चन्द्र ग्रहण नेपालबाट नदेखिने हुदा यसको कुनै दोष लाग्दैन । नदेखिने ग्रहण को सुतक नलाग्ने र बार्नु नपर्ने सबैमा जानकारी छ।’