• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

उ बा संघ चितवनको चुनाबमा राजनीतिको गन्ध



  •   शनिबार, पुष २६, २०७६
  • A
  • A+
  • A++

पुष २६ नारायणी दौनिक , चितवन उद्योग बाणिज्य संघ चितवनको पुष २९ गते हुन गईरहेको निर्बाचनमा राजनीतिको गन्ध देखिन सुरु भएको छ। हुनत बिगत लामो समय देखि नै आन्तरिक रुपमा राजनीति प्रभाव हुने गरेता पनि यो पल्ट भने बाहिरी रुपमै स्पस्टसंगै राजनीति मिसिएको देख्न सकिन्छ ।

दुइ हप्ता अघि सम्म राजु श्रेष्ठ र चुन नारायण श्रेष्ठ अध्यक्षमा चुनाब लड्ने पक्का पक्कि भएको थियो । पछि पुष १७ गते पूर्व अध्यक्षको रोहबरमा बसेर गोला तानेर राजु श्रेष्ठ अध्यक्ष र चुन नारायण श्रेष्ठ बरिस्ठ उपाध्यक्षमा उठ्ने चिनो फानो भयो । गोला तानी सकेपछि धेरैले राजु श्रेष्ठलाई अध्यक्षमा निर्बाचित भनेर बधाई समेत दिए ।

बधाई दिएर नसक्दै नेपाली कांग्रेस चितवनले बिज्ञप्ति निकालेरै गोला तानेकोमा आपत्ति जनायो । गोला तानेर अध्यक्ष बनाउना नहुने भन्दै कांग्रेस निकट ब्यबसायी ज्ञानेन्द्र शाक्यले अध्यक्षमा उठ्ने भनेर बाहिर हल्ला आयो । अघिल्लो वर्ष बरिस्ठ उपाध्यक्षमा उमेद्वारी दिएका तर निर्बाचित नभएका बिष्णु प्रसाद कंडेलले पनि अध्यक्षमा उठ्ने कुरा थियो । एउतै पार्टीका ज्ञानेन्द्रमान शाक्य अध्यक्षमा उठ्ने भए पछि बिष्णु प्रसाद कंडेल बरिस्ठ उपाध्यक्षमा उठ्ने अन्तरिक सहमिति भएको देखिन्छ ।

यता निर्बाचित भनेर सामाजिक संजालमा बधाई पाएका राजु श्रेष्ठलाई निर्बिरोध हुन नदिन ज्ञानेन्द्रमान शाक्य कम्मर कसे। राजु श्रेष्ठलाई ने क पा तथा संस्थापन पक्षको समर्थ भएको देखिन्छ । उमेद्वारी दर्ता गर्ने समय राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यले अध्यक्षमा उमेद्वारी दिए भने चुन नारायण श्रेष्ठ र बिष्णु प्रसाद कंडेलले बरिस्ठ उपाध्यक्षमा दिए ।

उमेद्वारी दर्ता भएको भोलि पल्टै बिष्णु प्रसाद कंडेलले आफ्नो उमेद्वारी फिर्ता लिएको भनेर बिज्ञप्ति नै जारी गरे। उता राजु श्रेष्ठको प्यानलबाट बरिस्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका चुन नारायण श्रेष्ठले राजु श्रेष्ठलाई समर्थन नगर्ने ज्ञानेन्द्र शाक्य लाई नै समर्थन गर्ने भए । चुन नारायण श्रेष्ठले ज्ञानेन्द्रलाई समर्थन गर्ने भने पछि कंडेलको उमेद्वारी फिर्ता भएको बुझिन्छ । उनको उम्मेद्वारी फिर्तासंगै चुननारायण निर्विरोध हुने पक्का भएको छ । निर्विरोध उपाध्यक्ष भएका सुमन कुमार श्रेष्ठ र भोजराज कौडेल पनि शाक्यको पक्षमा छन् ।

सन्दर्भ सामग्री :

‘गोलाप्रथाबाट संघको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उमेद्वारी घोषणा गरिएको कार्य प्रति बिरोध गर्दै अग्रज ब्यबसायी शाक्यले उमेद्वारी घोषणा गरेका हुन् ।, नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको छ’। भण्डाफोर अभियान

‘चुननारायणले आफु सहमती अनुसार नै राजु श्रेष्ठको विरुद्धमा अध्यक्षमा उम्मेद्वारी नदिएको बताए । उनले राजनीतिक प्रभावमा पारेर सहमती गराइएको आरोप लगाए ।’ पछिल्लो समिकरणले उवासंघ चितवनको निर्वाचन राजनीतिक कित्तामा विभाजन भएको छ । नेकपाको समर्थन श्रेष्ठ र काँग्रेसको समर्थन शाक्यलाई भएको प्रष्ट देखिन्छ ।’ : नारायणी अनलाइन

‘उधोग बाणिज्य संघ चितवनको चुनाबी माहोल फेरियो छ । चुनबी माहोल अध्यक्ष उमेदवार ज्ञानेन्द्रमान शाक्यको पक्षमा देखिएको छ । राजु श्रेष्ठ को प्यानल भनिएका उम्मेद्बार शाक्यलाई सहयोग गर्ने भएका छन । बाणिज्य संघमा बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार चुननारायण श्रेष्ठ ज्ञानेन्द्रमान शाक्यको प्यानमा आएका छन ।’: सरोकार अनलाइन

‘वरिष्ठ उपाध्यक्ष र निर्विरोध निर्वाचित दुई उपाध्यक्षले अध्यक्षमा ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेसंगै उद्योग बाणिज्य संघ चितवनको संस्थापन पक्षलाई गंभीर धक्का लागेको छ । बरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचीत भएपछि चुननारायण श्रेष्ठले समेत अन्तिम समयमा कित्ता परिवर्तन गरेका छन । श्रेष्ठले कित्ता परिवर्तन गरेसंगै बरिष्ठ उपाध्यक्षका उमेदवार बिष्णुप्रसाद कंडेलले पनि आँफ्नो उमेदवारी फिर्ता लिएका छन । ‘ : कालिका न्युज

‘चुननारायणले मात्र होइन यसअघि राजु श्रेष्ठको प्यानलमा रहेर उपाध्यक्षमा निर्विरोध भएका सुमनकुमार श्रेष्ठ र भोजराज कौडालले पनि चुननारायणसँगै क्याम्प फेरेर ज्ञानेन्द्रमान शाक्यको प्यानललाई समर्थन गरेका छन् ।’: न्युज भित्तो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.