आज भरतपुरमा लागुऔषध तथा यौन दुर्व्यसन सम्बन्धि जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । वडा न २८ को युवा क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमका सभापति युवा क्लबका अध्यक्ष सुन्दर तामांगले युवाहरु लागुपदार्थबाट टाढा रहन सके मात्र देशले मुहार फेर्न सक्ने बताउनु भयो । प्रमुख अतिथि वडा अध्यक्ष आश बहादुर कुनालले यो कार्यक्रमले युवाहरुमा सकारात्मक संदेश गएको भनेर आयोजक को प्रसंशा गर्नु भयो ।
कार्यक्रममा वडा प्रतिनिधि, टोल अध्यक्ष र युवाहरुको सहभागिता रहेको थियो ।