• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सरकारी डाक्टरले दुई वर्ष कुराए , मनकारी डाक्टरले नि:शुल्क उपचार गरिदिए


  •   सोमबार, चैत १०, २०७६
  • A
  • A+
  • A++

यो समाचार निराज रानाभाटज्यूकाे सम्बन्धित हो । उहाँको घरपरिवारहरुले , इष्टमित्रहरूले तथा साथीहरूले थाहा नपाउनु भएकाले थाहा पाउनुहुन्छ भनेर निराज रानाभाटज्यूले समाचार प्रकाशन गर्न लगाउनु भएको हो , त्यसैले यो समाचारलाई जतिसक्दो शेयर गर्नुहोला ।

नेपालकाे राजधानी काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत दुई वर्षदेखि निराज रानाभाटज्यू साथमा उहाँको अामा गौरी रानाभाटज्यू नेपालकाे वाग्मती प्रदेश ( प्रदेश नम्बर ३ ) मा पर्ने चितवन जिल्लाको भरतपुरदेखि काठमाडौंको महाराजगन्ज जाने र अाउने गरिरहनु भएको छ । मिति २०७५ साल साउन २० गतेदेखि निराज रानाभाटज्यूकाे मुखमा मासु पलाएको र उहाँ चितवनको भरतपुर अस्पतालमा गएर चेकजाँच गराउदा र भिडियो X – Ray गराउदा मुख भित्र नौ वटा अन्य दाँत मुखको मासुभित्र पलाएको थाहा पाउनु भएको थियो । भरतपुर अस्पतालमा विभिन्न कारण र अस्पतालको मेसिनहरु बिग्रेको कारणले त्यसपछि निराज रानाभाटज्यू र उहाँको अामा गौरी रानाभाटज्यू भएर काठमाडौंको महाराजगन्जमा रहेको त्रि. वि. शिक्षण अस्पतालमा जानुभएको थियो । काठमाडौंको महाराजगन्जमा रहेको त्रि.वि. शिक्षण अस्पतालमा गएपछि दन्त राेगकाे वरिष्ठ डाक्टर कृष्ण के.सी. ज्यूलाईसँग चेकजाँच गराउनु भयो र मुखकाे तथा शरीरको विभिन्न अङ्गहरुको X- Ray , CT – Scan , MRI , रगत चेक , अादि गराउनु भयो । पहिलोपटक निराज रानाभाटज्यूकाे केही दिन अस्पतालमै भर्ना गरेर अपरेसन काेठामा लगेर केही घण्टा लगाएर मुखभित्र पलाएको मासु काटेर फालिएको थियो । त्यसपछि दोस्रोपटक केही महिनापछि फेरि अस्पतालमै भर्ना गरेर अपरेसन काेठामा लगेर चार घण्टासम्म अपरेसन गरेर मुखभित्र भएको चारवटा दाँत निकालिएको थियो । फेरि तेस्रोपटक अस्पतालमै भर्ना गरेर अपरेसन काेठामा लगेर मुखभित्र भएको तीनवटा दाँत निकालिएको थियो । यति गरेपछि समयसमयमा विभिन्न रिपोर्ट देखाउन र Followup गर्न अस्पतालमा गइरहनु भएको थियो । यहीँ अपरेसनकाे कारणले निराज रानाभाटज्यू माद्यामिक शिक्षा परीक्षा ( SEE ) समेत दिन पाउनु भएन । उहाँले SEE दिनु खोजी रहनुभएकाे थियो तर उहाँ पढ्ने विद्यालयको प्रधानाध्यापकले विभिन्न कारणले परीक्षा दिन पाउन सक्दैन भनेर निराज रानाभाटज्यूले परीक्षा दिन पाउनु भएन ।

फेरि अर्को साल अर्थात २०७६ सालमा केही महिनाअगाडि काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन शिक्षण अस्पतालमा निराज रानाभाटज्यू आफ्नो बाँकी अपरेसन गरेर निकाल्न पर्ने दाँत निकाल्न जानुभएको थियो । त्यतिबेला भने डाक्टर व्यस्त हुनुभएको कारणले अपरेसन गर्न केही ढिलाइ भएको थियो । निराज रानाभाटकाे केही महिनाअगाडि चौथोपटक अाे.पि.डि. काेठामै एउटा दाँत निकालिएको थियो । यो माथिको सबै अपरेसन भने वरिष्ठ डाक्टर कृष्ण के.सी. ज्यूले , अन्य डाक्टरहरु साथमा केही नर्सहरु गर्नुभएको थियो । यो अपरेसन गर्दा र Followup गर्न अाउदा निराज रानाभाटज्यू र उहाँको अामा गौरी रानाभाटज्यू धेरैजसो काठमाडौंको विभिन्न ठाउँमा रहेका गेष्ट हाउसमा बस्नु भएको थियो भने केही दिन भने काठमाडौंको विभिन्न ठाउँमा हुनुभएको इष्टमित्रहरूकाे घरमा बस्नु भएको थियो ।

जब पाँचौंपटक अपरेसन गर्नु पर्ने थियो त्यतिबेला वरिष्ठ डाक्टर कृष्ण के.सी. ज्यू आफ्नो व्यक्तिगत कारणले केही दिन बिदा बस्ने , कहिले Meeting मा जाने , कहिले अस्पताल बाहिर काम परेर जाने , कहिले काठमाडौं बाहिर काम परेको कारणले अस्पतालमा उपस्थित नहुन भएकोले निराज रानाभाटज्यू अपरेसन गर्न ढिलासुस्ती भएको थियो । लामो समयसम्म डाक्टरलाई कुर्नु परेको कारणले निराज रानाभाटज्यू र उहाँको अामा गौरी रानाभाटज्यू मिति २०७६ साल चैत ४ गते , मंगलबार , पहिलोपटक काठमाडौंको महाराजगन्जमा रहेको News24 टेलिभिजनकाे कार्यालयमा गएर सिधा कुरा जनतासँगका सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेज्यूसँग र पत्रकार युवराज कंडेलसँग भेटघाट गरेर आफ्नो सम्पूर्ण कुराहरू बताउनुभएको थियो भने चैत ४ गते , मंगलबार , राति News24 टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम सिधा कुरा जनतासँगमा उहाँहरूको सम्पूर्ण कुराहरू एउटा रिपोर्ट तयार पारेर प्रसारण गरिएको थियो ।

त्यहीँ दिन सिधा कुरा जनतासँगकाे टिमको एक पत्रकार र Camera Man सहित निराज रानाभाट र उहाँको अामा गौरी रानाभाटज्यू News24 टेलिभिजनकाे गाडीमा त्रिभुवन शिक्षण अस्पताल दन्त विभागको प्रशासन प्रमुखलाई भेट्न जानू भएको थियो तर उहाँ बाहिर काम परेर जानुभएको कारणले भेट्न सक्नुभएन । त्यसै दिन सिधा कुरा जनतासँग कार्यक्रम हेरेपछि काठमाडौंको गाेपीकृष्ण मार्ग , चावहिलमा रहेको ॐ समाज डेण्टल अस्पतालका एक डाक्टरले सिधा कुरा जनतासँगकाे टिमलाई फाेन गरेर हामीले निराज रानाभाटज्यू नि:शुल्क उपचार गरिदिन्छौ भनेर खबर गर्नुभएको थियो । यो कुरा थाहा पाएपछि निराज रानाभाट र उहाँको अामा गौरी रानाभाट खुसीले हर्षित हुनुभएको थियो । मिति २०७६ साल चैत ५ गते , बुधबार , निराज रानाभाट र उहाँको अामा गौरी रानाभाट साथै सिधा कुरा जनतासँगकाे टिमकाे पत्रकार युवराज कंडेलज्यू र एकजना Camera Man भएर News24 टेलिभिजनकाे गाडीमा काठमाडौंको चावहिलमा रहेको ॐ समाज डेण्टल अस्पतालमा जानुभएको थियो । अस्पतालमा पुगेपछि अाेरल म्याग्जिलाेफेसियल सर्जन तथा वरिष्ठ मखु राेग विशेषज्ञ डाक्टर सुभाष घिमिरेज्यूले र अन्य डाक्टरहरुले निराज रानाभाटज्यूकाे पहिलाको सम्पूर्ण रिपोर्टहरु तथा X- ray हेर्नु भएको थियो र चेकजाँच गर्नुभएको थियो ।

त्यसपछि एकपटक फेरि Video X – Ray , ECG , रगत जाँच , अादि गर्न भन्नुभएको थियो , भनेपछि भिडियो X – Ray चाहिँ ॐ समाज डेण्टल अस्पतालमै गरिएको थियो भने ECG , रगत जाँच , अादि चाहिँ काठमाडौंको चावहिलमै रहेको हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालमा निराज रानाभाटज्यू , उहाँको अामा गौरी रानाभाटज्यू तथा ॐ समाज डेण्टल अस्पतालका प्रशासनकाे सागर काफ्लेज्यू गएर गर्नुभएको थियो । मिति २०७६ चैत ६ गते , बिहीबार , ECG , रतग जाँच , अादि गरेको रिपोर्टहरु ॐ समाज डेण्टल अस्पतालको डाक्टर सुभाष घिमिरेज्यूले र अन्य डाक्टरहरुले हेर्नू भएको थियो र पाँचौंपटक निराज रानाभाटज्यूकाे ॐ समाज डेण्टल अस्पतालमा गएर अपरेसन काेठामा लगेर एउटा डाक्टर र एउटा नर्सले १ घण्टा १२ मिनेट लगाएर एउटा दाँत निकालिएको थियो भने केही टाँका लगाइएको छ ।

निराज रानाभाटज्यूकाे पाँचौंपटककाे अपरेसन चाहिँ नि:शुल्क गरिएको थियो भने औषधि भने आफ्नै खर्चले खरिद गरिएको थियो । निराज रानाभाटज्यूलाई र उहाँको अामा गौरी रानाभाटज्यूलाई ॐ समाज डेण्टल अस्पतालले नि:शुल्क खाना तथा बस्नको लागि एउटा गेष्ट हाउसको समेत व्यवस्था गरिदिएको थियो । मिति २०७६ चैत ७ गते , शुक्रबार , निराज रानाभाटज्यू Followup काे ॐ समाज डेण्टल अस्पतालमा जानू भएको थियो । अहिले उहालाई केही दिनको लागि भनेर औषधि सेवन गरिरहनु भइरहेको छ र अहिले उहालाई राम्रोसँग बोल्न मिल्दैन साथै साह्रो खानेकुरा खानु हुदैन , झाेलिलाे खानेकुरा मात्रै सेवन गरिरहनु भएको छ । अब मिति २०७६ साल चैत १४ गते , शुक्रबार , ॐ समाज डेण्टल अस्पतालमा टाँका फुकाल्न जानुपर्ने छ ।

निराज रानाभाटज्यूले विशेष गरि सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेज्यूलाई , पत्रकार युवराज कंडेलज्यूलाई , सिधा कुरा जनतासँग सम्पूर्ण टिमलाई , News24 टेलिभिजनका सम्पूर्ण परिवारलाई , वरिष्ठ डाक्टर सुभाष घिमिरेज्यूलाई , ॐ समाज डेण्टल अस्पतालकाे सम्पूर्ण परिवारलाई , ॐ समाज डेण्टल अस्पतालका प्रशासनकाे सागर काफ्लेज्यूलाई , अजयकुमार रेग्मीज्यूलाई , हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालका सम्पूर्ण परिवारलाई , मेलम्ची भोजनालयको सम्पूर्ण परिवारलाई , समाज गेष्ट हाउसकाे सम्पूर्ण परिवारलाई , पहिला र अहिलेसम्म साथ तथा सहयोग गर्ने व्यक्तिहरुलाई , गेष्ट हाउसहरुलाई , इष्टमित्रहरूलाई , शुभचिन्तकहरु साथै अनलाइन मिडियाका सम्पूर्ण व्यक्तिहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । केही हप्तापछि आफ्नै Facebook Account बाट प्रत्यक्ष प्रसारणमा सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न तथा थप जानकारी दिने भनेर हामीलाई बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.