• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

सरकारी डाक्टरले दुई वर्ष कुराए , मनकारी डाक्टरले नि:शुल्क उपचार गरिदिए



  •   सोमबार, चैत १०, २०७६
  • A
  • A+
  • A++

यो समाचार निराज रानाभाटज्यूकाे सम्बन्धित हो । उहाँको घरपरिवारहरुले , इष्टमित्रहरूले तथा साथीहरूले थाहा नपाउनु भएकाले थाहा पाउनुहुन्छ भनेर निराज रानाभाटज्यूले समाचार प्रकाशन गर्न लगाउनु भएको हो , त्यसैले यो समाचारलाई जतिसक्दो शेयर गर्नुहोला ।

नेपालकाे राजधानी काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विगत दुई वर्षदेखि निराज रानाभाटज्यू साथमा उहाँको अामा गौरी रानाभाटज्यू नेपालकाे वाग्मती प्रदेश ( प्रदेश नम्बर ३ ) मा पर्ने चितवन जिल्लाको भरतपुरदेखि काठमाडौंको महाराजगन्ज जाने र अाउने गरिरहनु भएको छ । मिति २०७५ साल साउन २० गतेदेखि निराज रानाभाटज्यूकाे मुखमा मासु पलाएको र उहाँ चितवनको भरतपुर अस्पतालमा गएर चेकजाँच गराउदा र भिडियो X – Ray गराउदा मुख भित्र नौ वटा अन्य दाँत मुखको मासुभित्र पलाएको थाहा पाउनु भएको थियो । भरतपुर अस्पतालमा विभिन्न कारण र अस्पतालको मेसिनहरु बिग्रेको कारणले त्यसपछि निराज रानाभाटज्यू र उहाँको अामा गौरी रानाभाटज्यू भएर काठमाडौंको महाराजगन्जमा रहेको त्रि. वि. शिक्षण अस्पतालमा जानुभएको थियो । काठमाडौंको महाराजगन्जमा रहेको त्रि.वि. शिक्षण अस्पतालमा गएपछि दन्त राेगकाे वरिष्ठ डाक्टर कृष्ण के.सी. ज्यूलाईसँग चेकजाँच गराउनु भयो र मुखकाे तथा शरीरको विभिन्न अङ्गहरुको X- Ray , CT – Scan , MRI , रगत चेक , अादि गराउनु भयो । पहिलोपटक निराज रानाभाटज्यूकाे केही दिन अस्पतालमै भर्ना गरेर अपरेसन काेठामा लगेर केही घण्टा लगाएर मुखभित्र पलाएको मासु काटेर फालिएको थियो । त्यसपछि दोस्रोपटक केही महिनापछि फेरि अस्पतालमै भर्ना गरेर अपरेसन काेठामा लगेर चार घण्टासम्म अपरेसन गरेर मुखभित्र भएको चारवटा दाँत निकालिएको थियो । फेरि तेस्रोपटक अस्पतालमै भर्ना गरेर अपरेसन काेठामा लगेर मुखभित्र भएको तीनवटा दाँत निकालिएको थियो । यति गरेपछि समयसमयमा विभिन्न रिपोर्ट देखाउन र Followup गर्न अस्पतालमा गइरहनु भएको थियो । यहीँ अपरेसनकाे कारणले निराज रानाभाटज्यू माद्यामिक शिक्षा परीक्षा ( SEE ) समेत दिन पाउनु भएन । उहाँले SEE दिनु खोजी रहनुभएकाे थियो तर उहाँ पढ्ने विद्यालयको प्रधानाध्यापकले विभिन्न कारणले परीक्षा दिन पाउन सक्दैन भनेर निराज रानाभाटज्यूले परीक्षा दिन पाउनु भएन ।

फेरि अर्को साल अर्थात २०७६ सालमा केही महिनाअगाडि काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन शिक्षण अस्पतालमा निराज रानाभाटज्यू आफ्नो बाँकी अपरेसन गरेर निकाल्न पर्ने दाँत निकाल्न जानुभएको थियो । त्यतिबेला भने डाक्टर व्यस्त हुनुभएको कारणले अपरेसन गर्न केही ढिलाइ भएको थियो । निराज रानाभाटकाे केही महिनाअगाडि चौथोपटक अाे.पि.डि. काेठामै एउटा दाँत निकालिएको थियो । यो माथिको सबै अपरेसन भने वरिष्ठ डाक्टर कृष्ण के.सी. ज्यूले , अन्य डाक्टरहरु साथमा केही नर्सहरु गर्नुभएको थियो । यो अपरेसन गर्दा र Followup गर्न अाउदा निराज रानाभाटज्यू र उहाँको अामा गौरी रानाभाटज्यू धेरैजसो काठमाडौंको विभिन्न ठाउँमा रहेका गेष्ट हाउसमा बस्नु भएको थियो भने केही दिन भने काठमाडौंको विभिन्न ठाउँमा हुनुभएको इष्टमित्रहरूकाे घरमा बस्नु भएको थियो ।

जब पाँचौंपटक अपरेसन गर्नु पर्ने थियो त्यतिबेला वरिष्ठ डाक्टर कृष्ण के.सी. ज्यू आफ्नो व्यक्तिगत कारणले केही दिन बिदा बस्ने , कहिले Meeting मा जाने , कहिले अस्पताल बाहिर काम परेर जाने , कहिले काठमाडौं बाहिर काम परेको कारणले अस्पतालमा उपस्थित नहुन भएकोले निराज रानाभाटज्यू अपरेसन गर्न ढिलासुस्ती भएको थियो । लामो समयसम्म डाक्टरलाई कुर्नु परेको कारणले निराज रानाभाटज्यू र उहाँको अामा गौरी रानाभाटज्यू मिति २०७६ साल चैत ४ गते , मंगलबार , पहिलोपटक काठमाडौंको महाराजगन्जमा रहेको News24 टेलिभिजनकाे कार्यालयमा गएर सिधा कुरा जनतासँगका सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेज्यूसँग र पत्रकार युवराज कंडेलसँग भेटघाट गरेर आफ्नो सम्पूर्ण कुराहरू बताउनुभएको थियो भने चैत ४ गते , मंगलबार , राति News24 टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम सिधा कुरा जनतासँगमा उहाँहरूको सम्पूर्ण कुराहरू एउटा रिपोर्ट तयार पारेर प्रसारण गरिएको थियो ।

त्यहीँ दिन सिधा कुरा जनतासँगकाे टिमको एक पत्रकार र Camera Man सहित निराज रानाभाट र उहाँको अामा गौरी रानाभाटज्यू News24 टेलिभिजनकाे गाडीमा त्रिभुवन शिक्षण अस्पताल दन्त विभागको प्रशासन प्रमुखलाई भेट्न जानू भएको थियो तर उहाँ बाहिर काम परेर जानुभएको कारणले भेट्न सक्नुभएन । त्यसै दिन सिधा कुरा जनतासँग कार्यक्रम हेरेपछि काठमाडौंको गाेपीकृष्ण मार्ग , चावहिलमा रहेको ॐ समाज डेण्टल अस्पतालका एक डाक्टरले सिधा कुरा जनतासँगकाे टिमलाई फाेन गरेर हामीले निराज रानाभाटज्यू नि:शुल्क उपचार गरिदिन्छौ भनेर खबर गर्नुभएको थियो । यो कुरा थाहा पाएपछि निराज रानाभाट र उहाँको अामा गौरी रानाभाट खुसीले हर्षित हुनुभएको थियो । मिति २०७६ साल चैत ५ गते , बुधबार , निराज रानाभाट र उहाँको अामा गौरी रानाभाट साथै सिधा कुरा जनतासँगकाे टिमकाे पत्रकार युवराज कंडेलज्यू र एकजना Camera Man भएर News24 टेलिभिजनकाे गाडीमा काठमाडौंको चावहिलमा रहेको ॐ समाज डेण्टल अस्पतालमा जानुभएको थियो । अस्पतालमा पुगेपछि अाेरल म्याग्जिलाेफेसियल सर्जन तथा वरिष्ठ मखु राेग विशेषज्ञ डाक्टर सुभाष घिमिरेज्यूले र अन्य डाक्टरहरुले निराज रानाभाटज्यूकाे पहिलाको सम्पूर्ण रिपोर्टहरु तथा X- ray हेर्नु भएको थियो र चेकजाँच गर्नुभएको थियो ।

त्यसपछि एकपटक फेरि Video X – Ray , ECG , रगत जाँच , अादि गर्न भन्नुभएको थियो , भनेपछि भिडियो X – Ray चाहिँ ॐ समाज डेण्टल अस्पतालमै गरिएको थियो भने ECG , रगत जाँच , अादि चाहिँ काठमाडौंको चावहिलमै रहेको हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालमा निराज रानाभाटज्यू , उहाँको अामा गौरी रानाभाटज्यू तथा ॐ समाज डेण्टल अस्पतालका प्रशासनकाे सागर काफ्लेज्यू गएर गर्नुभएको थियो । मिति २०७६ चैत ६ गते , बिहीबार , ECG , रतग जाँच , अादि गरेको रिपोर्टहरु ॐ समाज डेण्टल अस्पतालको डाक्टर सुभाष घिमिरेज्यूले र अन्य डाक्टरहरुले हेर्नू भएको थियो र पाँचौंपटक निराज रानाभाटज्यूकाे ॐ समाज डेण्टल अस्पतालमा गएर अपरेसन काेठामा लगेर एउटा डाक्टर र एउटा नर्सले १ घण्टा १२ मिनेट लगाएर एउटा दाँत निकालिएको थियो भने केही टाँका लगाइएको छ ।

निराज रानाभाटज्यूकाे पाँचौंपटककाे अपरेसन चाहिँ नि:शुल्क गरिएको थियो भने औषधि भने आफ्नै खर्चले खरिद गरिएको थियो । निराज रानाभाटज्यूलाई र उहाँको अामा गौरी रानाभाटज्यूलाई ॐ समाज डेण्टल अस्पतालले नि:शुल्क खाना तथा बस्नको लागि एउटा गेष्ट हाउसको समेत व्यवस्था गरिदिएको थियो । मिति २०७६ चैत ७ गते , शुक्रबार , निराज रानाभाटज्यू Followup काे ॐ समाज डेण्टल अस्पतालमा जानू भएको थियो । अहिले उहालाई केही दिनको लागि भनेर औषधि सेवन गरिरहनु भइरहेको छ र अहिले उहालाई राम्रोसँग बोल्न मिल्दैन साथै साह्रो खानेकुरा खानु हुदैन , झाेलिलाे खानेकुरा मात्रै सेवन गरिरहनु भएको छ । अब मिति २०७६ साल चैत १४ गते , शुक्रबार , ॐ समाज डेण्टल अस्पतालमा टाँका फुकाल्न जानुपर्ने छ ।

निराज रानाभाटज्यूले विशेष गरि सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेज्यूलाई , पत्रकार युवराज कंडेलज्यूलाई , सिधा कुरा जनतासँग सम्पूर्ण टिमलाई , News24 टेलिभिजनका सम्पूर्ण परिवारलाई , वरिष्ठ डाक्टर सुभाष घिमिरेज्यूलाई , ॐ समाज डेण्टल अस्पतालकाे सम्पूर्ण परिवारलाई , ॐ समाज डेण्टल अस्पतालका प्रशासनकाे सागर काफ्लेज्यूलाई , अजयकुमार रेग्मीज्यूलाई , हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पतालका सम्पूर्ण परिवारलाई , मेलम्ची भोजनालयको सम्पूर्ण परिवारलाई , समाज गेष्ट हाउसकाे सम्पूर्ण परिवारलाई , पहिला र अहिलेसम्म साथ तथा सहयोग गर्ने व्यक्तिहरुलाई , गेष्ट हाउसहरुलाई , इष्टमित्रहरूलाई , शुभचिन्तकहरु साथै अनलाइन मिडियाका सम्पूर्ण व्यक्तिहरुलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ । केही हप्तापछि आफ्नै Facebook Account बाट प्रत्यक्ष प्रसारणमा सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न तथा थप जानकारी दिने भनेर हामीलाई बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.