• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शुक्रबार, बैशाख ३०, २०७९
☰
शुक्रबार, बैशाख ३०, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

संसारलाई खुसी बनाउने एक वैज्ञानिकको सन्देश, कोरोनाको महामारी सकियो छिटै नियन्त्रणमा आउँछ


  •   शुक्रबार, चैत १४, २०७६
  • A
  • A+
  • A++

काठमाडौं । संसार कोरोनाभाइरस संक्रमणको पीडामा छ । विश्वका एक सय ९९ सय देशमा संक्रमण फैलिएको कोरोनाभाइरले हालसम्म पाँच लाख ३२ हजारभन्दा बढी पीडित भएका छन् । साथै २४ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाउँदा एक लाख २४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घगत डिसेम्बरदेखि चीनको वुहानबाट संक्रमण फैलिएको कोरोनाभाइरसले अहिले युरोप र अमेरिकालाई बढी सताएको छ भने अन्य देशमा पनि उत्तिकै पीडा दिएको छ । कोरोनाभाइरसविरुद्धको औषधि र खोप नहुँदा संसारभरका मानिस त्रासमा परेका छन् । कयौं देशले लकडाउन गर्दा घरमै थुनिएर बसेका मानिसलाई राहत र खुसी बनाउने सन्देश नोबेल पुरस्कारबाट सम्मानित तथा स्टेनफोर्ड बायोफिजिसिस्ट वैज्ञानिक माइकल लेविटले दिएका छन् ।

उनले विश्वमा कोरोनाभाइरसको सबैभन्दा ठूलो प्रकोप समाप्त भइसकेको र अब क्रमशः नियन्त्रणमा आउने दाबी गरेका छन् । लस एन्जल्स टाइमससँग कुरा गर्दै वैज्ञानिक लेविटले ‘वास्तविक स्थिति त्यति भयावह छैन जति भयावह हुने आशंका गरिएको थियो ।’ चीनलगायतका केही मुलुकमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा आइसकेको छ । तर, युरोप र अमेरिकामा तीव्र गतिले फैलिरहँदा उनको सो धारणा सार्वजनिक भएको छ । जसले संसारभरका मानिसमा आत्मबल बढाएको छ ।

यसअघि चीनमा कोरोनाभाइरसको संक्रमण र यसको नियन्त्रणका विषयमा उनले गरेको भविष्यवाणी एक हदसम्म मिल्न गएको आममानिस कोरोनाभाइरस संसारबाटै नियन्त्रणमा आउने उनको अनुमानप्रति आशावादी भएका छन् । गत फेब्रुअरीमा लेविटले भनेका थिए, ‘हरेक दिन कोरोना संक्रमितको संख्यामा कमि आएको छ । यसबाट यो साबित हुन्छ कि आगामी हप्तामा कोरोनाभाइरसबाट हुने मृत्युको दर घट्न थाल्नेछ, चीनमा ८० हजार संक्रमण र ३२ हजार ५ सय मृत्यु हुनेछ । उनको अनुमान सही सावित भएको छ । चीनमा हालसम्म ८१ हजार संक्रमित भएका छन् भने ३२ सय ९२ जनाको ज्यान गएको छ । उनले सो भविष्यवाणी गर्दा अरु विशेषज्ञले लाखौं मानिस संक्रमित हुने अनुमान गरेका थिए ।

दुई महिनाको लकडाउनपछि चीनको हुबेइ प्रान्त पनि खुलेको छ । अहिले पनि विश्वलाई खुसी हुने गरी उनको भविष्यवाणी आएको हो । उनले पूरै विश्वमा समेत चीनको जस्तै ट्रेण्ड देखिएको बताएका छन् । वैज्ञानिक लेविटले भनेका छन् ‘चीन र दक्षिण कोरियामा नयाँ संक्रमणका केस लगातार घटिरहेका छन् । आँकडा अहिले पनि चिन्ताजनक छ तर यसमा वृद्धिदरमा लगातार गिरावट आइरहेको प्रस्ट संकेत देखिएका छन् ।’

कोरोनाभाइरस संक्रमणलाई कमि ल्याउन र यसलाई जरैदेखि उखेल्न सामाजिक दूरी कायम राख्नुपर्ने सुझाव दिएका उनले अधिकांश मानिसहरुमा कोरोनासँग लड्ने प्रतिरोधी क्षमता नै छैन र भ्याक्सिन बन्न अझै लामो समय लाग्ने भएकाले भेटघाटलाई बन्द गर्नुपर्ने बताएका हुन् । र फर्किएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.