हिरालाल कंडेल। प्रिय आत्मन ! शुभ प्रभात,सादर अभिवादन !! धेरै बर्षपछि आज चिठी लेख्न मन लाग्यो र लेख्दै छु।आराम छु,आराम चाहान्छु।
७२मा महाभुकम्पले भित्र बस्नदिएन- ७६मा कोरोनाले बाहिर निस्कन.. दिएको छैन। हजारौंको ज्यान गयो, हजारौं मृत्यु शैयामा छन्। यौटा भाईरसले सबका सेखी झारिदियो। दुनिया हाम्रो बशमा छ भन्ने हरूका तंगडी देखिए,यटम् र न्युक्लिएर बमका ध्वाँस दिनेहरू वाङ् खाएर बसेका छन्। धर्म-संस्कृतिको धज्जी उडाउने बौलाहाहरू-आज लुकिछिपी प्रार्थना गरिरहेका छन्।जे होस् कोरोनालेऔकात भुलेका ठेट्नाहरूलाई ठाउँमा ल्याएकोछ।
देखिसाध्य र लेखिसाध्य छैन! विकल्प नभएको कुरामा चिन्ता ब्यर्थ छ। WHOको निर्देशनमा बिस्वका धेरै राष्ट्रहरू (अघोषित नजरबन्द)लकडाउन् घोषित भएका छन्।जुन सबैको बाध्यता हो र हामी पनि त्यसैमा छौँ।सबैको दशाउस्तैछ। सके सम्म कसैको सम्पर्क मा नजाऊँ।।
हामी त घरमा छौँ-कैयौ बाटोमा बसेका छन्। लाखौं मित्रहरू विदेश छन्। घरमा बृद्ध आमाबाबु एक्लै रोएका छन्। गाउँमा कोही म-यो भने-मलामी जाने अबश्था छैन। क्रिया बसेकालाई भेट्न जान सकिन्न।सबै अस्त ब्यस्त छ ! भयावह छ!!तर आत्तिने होईन, धैर्यताका साथ सुरक्षित बस्नु मै हाम्रो भलो छ । प्रकृतिको प्रकोपबाट बच्नै पर्छ।
यस्तो बिकराल परिश्थीतिमा पनि-सम्झेंन, सम्पर्क र वास्ता गरेन भनी कोही दुःखी नहुनु होला।जो जहाँ जुन हालमा छौँ-प्रशन्न रहने प्रयास गरौँ।शुद्ध,सादा,साजी र सुपाच्य खाना खानु होला।मलाई जो जसले-जुन् नाताले चिन्नु हुन्छ-त्ही रूपमा हरपल तपाँईको साथमा छु र रहने वाचा गर्छु। आफ्नो आत्माबलबढाउनू होला, हौसला कमहुन नदिनूहोला। भगवानलाई सम्झिनूहोला,यो हाम्रो परिक्षाको घडी हो- हरेश खानु हुँदैन-“जो बिपदको बेला पनि, बिचलित हुदैन-त्यो नै महापरूष हो।”
यही भनाइका साथ चिठीबाट बिदा हुन्छु।नमरे बाँचे-कालले साँचे फेरि-फेरि भेटौँला।
तपाईंको आफ्नो मान्छे