• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सिड्नीमा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण , कस्तो छ अवस्था ?


  •   शनिबार, चैत १५, २०७६
  • A
  • A+
  • A++

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा सेल्फ क्वारेन्टाइन बसिरहेका छन् । संक्रमणमा परेका सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

सिड्नीको ग्रान्भिलमा एउटै कोठा सेयर गरेर बसिरहेका ४ जनामध्ये एकलाई केहीदिन पहिले संक्रमणको लक्षण देखिएको थियो । तर, जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजामा पोजेटिभ देखिएको थियो ।

आफ्नो साथीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो । विद्यार्थीलाई सहयोग पुर्‍याइरहेको एनआरएन अष्ट्रेलियाका पदाधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको बताए । त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्रमण देखिएको र उनको स्वास्थ्य समेत सामान्य रहेको दूतावासले जनाएको छ ।

यी दुई संक्रमणका घटना एकआपसमा सम्बन्धित नभएको समेत दूतावासको भनाई छ । दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले भन्नुभयो, “हामीले घटनाको बारेमा थाहा पाएपछि एनआरएन, कन्सुलेटको सहकार्यमा आवश्यक सहयोग पुर्‍याउने प्रयास गरिरहेका छौ ।”

उनीहरुको स्वास्थ्यमा सुधार भइरहेको र अस्पतालबाट नियमित मनिटर भईरहेको पनि उहाँले जानकारी दिनुभयो । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले यसपहिले सिड्नीकै अर्को एक विद्यार्थीमा संक्रमण पुष्टि भएको भएपनि उनी अहिले स्वस्थ भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “संक्रमण भएका विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य छ तर, अहिलेको अवस्थामा हामी सबैले यस भाइरसबाट बच्नका लागि एकदमै सजग हुन आवश्यक भइसकेको छ ।”

अष्ट्रेलियाकै तास्मानियामा यसपहिले एक विद्यार्थीमा कोरोना संक्रमण पाइएको भएपनि उनी स्वस्थ भएर घर फर्किसकेका छन् । विद्यार्थीलाई सहयोग पुर्‍याइरहेको एनआरएन लगायतका संस्थाका साथै दूतावासले संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आगामी गरेको छ ।

उनीहरुले सरकारी नियमको पालना गर्न र आवस्यकता बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेका छन् । अष्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमीत पाईएका छन् जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन् । यस भाइरसबाट अहिलेसम्म अष्ट्रेलियामा १४ जनाले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.