बिबिसीको अनुसार नेपालमा कोरोनाभाइरस सङक्रमणको पाँचौ केस फेला परेको सरकारले जानकारी दिएको छ। बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी उनी १९ वर्षीय महिला भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका छन्। उनी काठमाण्डू बाहिरकी रहेकी र चिकित्सकको सम्पर्कमा आइसकेकीट्ठ र उपचारमा रहेकी पनि उनले बताए। बिरामी वा सङ्क्रमण भएको शङ्का भएका व्यक्तिबाट सङ्कलित नमुनामा कोरोनाभाइरस परीक्षण गर्न पीसीआर विधि प्रयोग गरिन्छ ।
पहिलो केस वुहानबाट आएका नेपाली विद्यार्थी थिए। दोस्रो सङ्क्रमण फ्रान्सबाट आएकी १९ वर्षीय महिलामा फेला परेको थियो। तेस्रो व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष रहेको बताइएको थियो। चौथो व्यक्ति पनि विदेशबाट आएका व्यक्ति थिए।
पाँचौमा बेल्जियमबाट कतार हुँदै आएकी महिला परेकी छन्।
अहिलेसम्म सङक्रमण पुष्टि भएका जति सबै बाहिरबाट आएकाहरू परेको प्रवक्ता देवकोटाले बताए।