विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को जोखिम न्युनिकारणका लागि गलकोटका युवाहरुले गलकोट नगरपालिका वडा नं ५ मा मास्क र साबुन निशुल्क वितरण गरेका छन् ।
गलकोट नगरपालिका वडा ५ हरिचौरका स्थानिय युवाहरुले मास्क र साबुन वितरण सँगै भाइरस सम्बन्धि सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका हुन । गलकोट नगरपालिका वडा नं ५ का स्थानिय युवाहरुले मास्कको अभाव भएको भन्दै गलकोट नगरपालिका वडा नं ५ को कौलेनीमा २ सय ८० थान मास्क र २ सय ८६ ओटा साबुन वितरण गरेको गलकोट नगरपालिका वडा नं ५ का स्थानिय युवा तथा सामाजिक अभियन्ता पवन हमालले जानकारी दिनुभयो ।