• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शुक्रबार, बैशाख ३०, २०७९
☰
शुक्रबार, बैशाख ३०, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

अमेरिकामा रहेका नेपालीबारे राष्ट्रपतिको चासो


  •   बुधबार, चैत १९, २०७६
  • A
  • A+
  • A++

न्युयोर्क — कोभिड–१९ प्रकोप बढिरहेको अमेरिकामा रहेका नेपालीहरुका बारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । स्थानीय समय अनुसार मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले फोन मार्फत कोरोना भाइरसको फैलँदो संक्रमण, समग्र नेपालीहरुको स्थिति र संक्रमित नेपालीका बारे सोधपुछ गरेको वासिङटन डिसीस्थित नेपाली राजदूत डा अर्जुन कार्कीले बताए ।

‘अमेरिकामा रहेका नेपाली र विद्यार्थीहरुबारे राष्ट्रपतिले चासो र चिन्ता देखाउनु भयो,’ कार्कीले कान्तिपुरसँग भने, ‘संक्रमित नेपालीहरुका बारे उहाँले सोध्नुभएको थियो।’ राष्ट्रपतिले पछिल्लो स्थिति प्रति दूतावासको लगायत गैरआवासीय नेपाली संघ लगायत नेपाली सामाजिक संस्थाको सक्रियताको विषयमा चासो राखेको राजदूतले बताए। विशेषत सर्वाधिक नेपालीहरुको बसोबास रहेको न्युयोर्क सहरको पछिल्लो स्थिति बारे राष्ट्रपतिको चिन्ता रहेको थियो। कोरोना संक्रमणले न्युयोर्कमा एक नेपालीको मृत्यु भइसकेको छ भने दर्जनौं संक्रमित भएको अनुमान छ। यद्यपि आधिकारिक तथ्यांक भने उपलब्ध छैन।

दूतावास र समुदाय सहकार्य

डिसीस्थित नेपाली दूतावासले कोरोना संक्रमणलाई मध्यनजर गर्दै समुदायसँगको सहकार्यको अभियान सुरु गरेको छ। अभियानअन्तर्गत दूतावासले अत्यधिक संक्रमित न्युयोर्क लगायत पचासै राज्यमा रहेका नेपालीहरु सँगको संवाद र अन्तरक्रिया थालेको छ। ‘विशेषत यो नेपालीको स्थितिबारे जानकारी लिन र आवश्यक परेमा सहयोग एवं सहकार्यका लागि नेपाली संस्थाहरुलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने उदेश्यले सुरु गरिएको’ दूतावासले जनाएको छ।

संवाद अभियान अन्तर्गत हरेक एकदिन बिराएर करिब ४ घन्टाको भिडियो कन्फरेन्स आयोजना गरिँदै आएको छ। विभिन्न पेसामा संलग्न लगायत संघ संस्था एवं विद्यार्थीहरुको सहभागिता रहँदै आएको छ। आफनो राज्यमा नेपालीहरुको स्थिति, संक्रमितको जानकारी र उपायको बारेमा छलफल गरिन्छ। ‘दूतावासले समन्वय गरेको हो। यस मार्फत संक्रमित नेपालीहरुको अवस्था एवं तथ्यांकलाई ट्रयाक गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं।’ राजदूत कार्कीले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चलचित्रकर्मीलाई झरना थापाको गुनासो ‘हामीलाई झम्टिने चितुवाले तपाईंलाई बाँकी राख्छ त ?’

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.