जिल्ला प्रशासन कार्यालय चितवनले सबै किसिमका सवारी पस वितरण बन्द गरेको छ । पास माग्दै प्रशासन कार्यालयमा भीड बढ्न थालेपछि आजबाट नदिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
कार्यालयका सूचना अधिकारी इश्वर सिंखडाले जरुरी सूचना निकालेर आजबाट सवारी पास वितरण बन्द गरिएको बताएका छन् । सवारी पास लिनका लागि प्रशासन कार्यलय अगाडी सर्वसाधारणको भिड लाग्ने गरेको थियो ।