कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार यो समाचार तयार पार्दासम्म ५९ हजार १९७ जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
यसैगरी भाइरसबाट संक्रमितको संख्या ११ लाख भन्दा माथि भएको छ। शनिबारसम्म ११ लाख १७ हजार ७८७ जना यो भाइरसबाट संक्रमित भएका छन् । जसमामा २ लाख २८ हजार ९७५ जना मात्रै निको भएका छन् । संक्रमतिहरुको उपचार भइरहेको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण २०५ देशमा फैलिसकेको छ भने भाइरसबाट सबैभन्दा धेरै मृत्यु इटालीमा १४ हजार ६८१ जनाको भएको छ । यस्तै अमेरिकामा ७ हजार ४०२ , स्पेनमा ११ हजार १९८, फ्रान्समा ६ हजार ५०७ जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार ३२६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ जना संक्रमित भएका छन् । त्यसमा पनि एक जना निको भइसकेका छन् ।