सृजन घिमिरे,झापा, चैत २३। नक्कली डाक्टर बनेर काठमाडौंबाट लकडाउन छल्दै काँकरभिट्टा नाकामा आइपुगेका दुई जना व्यक्तिलाई आइतवार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरु लागूऔषधको कारोवारी वा प्रयोगकर्ता भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ । त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
डाक्टरको नक्कली भेष धारण गर्दै स्वास्थ्य शिविर चलाउन आएको बताउने तिनीहरुमध्ये एक जनाले डाक्टर लेखिएको नक्क्ली परिचय पत्र समेत बनाएका थिए ।
प्रहरीले सोधपुछ गर्दा नक्कली डाक्टर भनी खुलासा भएका ती व्यक्तिहरु एकजना ३३ बर्षका दिलकुमार श्रेष्ठ र अर्का २८ बर्षका गणेश अधिकारी छन् । प्रहरीका अनुसार बा ६ च ७०१९ नम्बरको कार चढेर उनहिरु काठमाडौंबाट आएका हुन् । उनीहरुले एक दिन धरानमा बास बसेको प्रहरीलाई बताएका छन् ।
दुबैलाई प्रहरीले तत्कालका लागि क्वारेन्टाइनमा पठाउने जनाएको छ ।