आज नारायणगढ जेसीजले स्वास्थ्यकर्मीलाई आवस्यक सामग्री भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा नारायणगढ जेसीजको आयोजनामा नोबेल कोरोना भाइरसको महामारीद्वारा सिर्जित हालको विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको नारायणगढ़ जेसिजका शाखा अध्यक्ष जेसी अनोज जोशीले जानकारी दिनुभयो।
स्वास्थ्यसामग्री पि. पि. इ., मेडिकल पंजा तथा हेड क्याप भरतपुर अस्पतालका अध्यक्ष श्री भोजराज अधिकारी तथा मे.सु. डा. श्रीराम तिवारीज्युको रोहवरमा भरतपुर अस्पताललाई हस्तान्तरण गरियको थियो ।