चैत्र २७, सातै प्रदेश समेटिने गरी आज प्रभु बैंकका शाखा खुल्ने भएका छ । बैंकले एक सूचना जारी गर्दै करिब ८४ वटा शाखा खुल्ने जनाएको छ ।
आज दिउसो ११ बजे देखी १ बजे सम्म आफ्नो शाखा खुल्ला गरि बैंकले आफ्ना ग्राहकलाई सेवा प्रधान गर्ने छ। बैंकले आफ्नो ग्राहकलाई घरमै बसी डिजिटल मध्यमबाट कारोबार गर्न पनि अनुरोध गरेको छ।
प्रभु बैंकले कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड १ लाख सहयोग गरेको छ भने सम्पूर्ण कर्मचारीको १ दिनको तलब बराबरको रकम प्रदेश सरकारलाई दिने योजना रहेको बैंक श्रोतले जनाएको छ।