लकडाउन छ निश्कन कुनै बहाना छैन
गरिब लाई हेरत घरमा केही खाना छैन
बाढेको राहत देखेर केही बोल्यो रे उस्ले
तब भन्दै छन रे भलो गर्ने जमाना छैन
फुटपात मा तरकारी बेच्ने लाई समाउछ सरकार
कालोबजारि मै रमाउने लाई केही जरिवाना छैन
रगत पसिना यहि माटो मै बगाएको छ उस्ले
तर जमानत राख्न उसग केही निशाना छैन
दुधे बालकको अनुहार हेरेर बाबुले भन्यो
गरिब भएरै अब जिउने कुनै चाहना छैन
अमित सापकोटा”अबिरल”
भरतपुर १५ महेन्द्रचोक