• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

  • १. बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

२०७७ सम्म आफुले आफैलाई फर्केर हेर्दा – शुक्रराज आचार्य



  •   सोमबार, बैशाख ०१, २०७७
  • A
  • A+
  • A++

। परिवर्तन संसारकाे नियम हाे । समय सधै परिवर्तन भैरहन्छ । जतिसुकै उस्तै रहन्छु भने पनि काेही उस्तै रहिरहन सक्दैन । अाजकाे भौतिक संसार त अझ यति चाँडाेचाँडाे विकास भइरहेको छ कि, केही बर्षमै केही कुरा नयाँ नौला भैरहेका हुन्छन् । मानिसको विचार र मन पनि हरपल बदली रहेका छन् । काेही अावरणमा मात्र बदलिएको देखिन्छ भने केही भित्र भित्रै बदली रहेका हुन्छन् । सबै भन्दा ठूलो कुरा अाफु बदलिएको र अाफ्नाे साेच बदलिएको कुरा अाफुलाई भन्दा धेरै कसैलाई थाहा हुदैन रहेछ र कहिलेकाही अाफैलाई पनि थाहा हुदैन रहेछ ।

हाम्रो भौतिक शरिरकाे अाकार, प्रकार देखि लिएर कुनै कुरालाई हेर्ने दृष्टिकोणसम्म परिवर्तन भईरहन्छ । केही समय पहिले जुन बिषय वा जुन मानिसका बारेमा हामी जे धारण बनाउँथ्यौ त्याे सधै एउटै रहदैन कति कुरा त हामीलाई त्यो बेलामा गलत रहेछ कति सहि रहेछ भन्ने लाग्छ । त्यस बाहेक अरु हुनै सक्दैन भनेकाे कुरा अहिले हेर्दा मुर्खतापूर्ण लाग्छ । जिवन यापनका क्रममा कैयौं मानिससँग राम्रो साक्षात्कार भैरहन्छ । कतिसँग मन मिल्छ । कतिसँग मतभेद हुन्छ । कतिसँग तर्कवितर्क, कतिसँग त झगडा पनि पर्छ । कतिपय बेला कतिपय बिषयलाई हेर्ने, बुझ्ने सन्दर्भमा हाम्रो मतभेद हुन्छ, तर केही बिषयमा कुरा मिलेन भन्दैमा हामी त्याे मानिससँगकाे सम्बन्ध हटाउँछौ, उसलाई हेर्ने दृष्टिकोण नै बदल्छौ जुन राम्रो हाेईन । एउटै मानिसका अनेकौं रुप हुन्छन् तर कसैकाे केही खराब पक्ष थाहा पाउँदैमा हामी यस्तो पाे रै छ भनेर दानविकरण गरि हाल्छौ ।

पछि केही कमजोरी भेटे उछित्ताे पनि काटि हाल्छौ । हामी हतारमा दृष्टिकोण निर्माण गर्छौ र फुर्सदमा पछुताउँछौ ।जिन्दगीमा जानीनजानी धेरैले गल्ती गरिहन्छन कतिसँग बिना कारण र भ्रमवश पनि मनमुटाव बढ्छ । कतिपय बेलामा हामी कसैकाे कुरा सुनेर सम्बन्ध बिगार्छौ । बाेलचाल बन्द गर्छौ, तर फुर्सदमा केलाएर हेर्दा न उसकाे न अाफ्नाे दाेष देखिन्छ । जिन्दगीमा कति अाराेपहरु अाईलाग्छन् जसले जति स्पष्टीकरण दिए पनि त्यतिबेलामा सफाइ पाईदैन तर कलान्तमा रहस्य खुल्छ र दुबै पक्षेले अा-आफ्नो कमजोरी अात्मसाथ गर्छन । कति कुरा त जिन्दगीभर रहस्यमै रहन पनि सक्छन् । कतिले मनमा कुरा लिराख्छन भने कतिले समयसँगै बिर्सन्छन् । कति कुरा पछि भेटेर गर्दा त्यति बेला त्यस्तो भएको थियोे है भनेर ठट्टा पनि गरिन्छ ।

पहिले कमजोर भनेर हेपिएकाहरु पछि बलवान् बन्छन् ।पहिलेका शक्तिशालीहरु पछि कमजोर बन्छन् । समयले कसैलाई महलमा, कसैलाई दाेबाटाेमा ल्याई पुर्याउँछ भन्न सकिँदैन । अाफु बलियो हुँदा र कमजाेर हुँदा कसैलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ नै । मान्छेले रंग र चरित्र फेरि रहन्छ । अाफुलाई पर्दा पाउ माेल्न र नपर्दा छिर्की हान्न पछि पर्दैनौ । शक्तिकाे पछि लाग्ने मानिसको स्वभाव नै हाे । विनाकारण कतिले असल मित्र र असल प्रेमीका गुमाउँछन् उमेर सँगसँगै पनि कति कुरालाई हेर्ने दृष्टिकोण फेरिन्छ । बुढा पाखाले पछि थाहा पाउलान् भनेकाे कुरा अाफु तन्नेरी छदा ठिस लागे पनि पछि त्यहीँ उमेरमा पुग्दा ठिकै भनेका रैछन भन्ने अवस्य नै लाग्छ हाेला । कति मानिसले भने अाफुलाई निहालेर हेर्ने बानी नै हुदैन । जिन्दगी भर गल्ती गरि रहन्छन्, तर दाेष अरुलाई मात्र दिईरहन्छन् ।

अाफ्नाे विश्लेषण गरि रहने हाे भने अाफ्नै कमजोरी स्वकार्न अंहले दिदैन, तर ब्यबहारले अाफुले सुधारेकाे र बुझेकाे छनक दिन सकिन्छ । सबैका गुण र दाेष हुन्छन् । अंह नभएको मानिस त काे नै हाेला र ? अाफु के गर्दैछु, कता जाँदैछु, कस्लाई कति बेला के भन्ने, कस्तो व्यवहार गरे, कति अाफ्नाे पनि त गल्ति भयो कि अाफुले कुरा बुझिनकी भनेर अाफैलाई फुर्सदमा केलाएर हेर्ने हाे भने धेरै समस्याहरु सुल्झिएर जान्छन ।बल्झिएका घाउहरु विस्तारै पुरिन्छन् । अल्झिएका सम्बन्धहरु अघि बढ्छन् । त्यसैले संसारलाई चिन्नु र बुझ्नु भन्दा अघि पहिले अाफुले अाफैलाई चिनौ, अाफैलाई बुझौ र अाफैलाई सुधारौ । अस्तु ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.