• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शुक्रबार, बैशाख ३०, २०७९
☰
शुक्रबार, बैशाख ३०, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

२०७७ सम्म आफुले आफैलाई फर्केर हेर्दा – शुक्रराज आचार्य


  •   सोमबार, बैशाख ०१, २०७७
  • A
  • A+
  • A++

। परिवर्तन संसारकाे नियम हाे । समय सधै परिवर्तन भैरहन्छ । जतिसुकै उस्तै रहन्छु भने पनि काेही उस्तै रहिरहन सक्दैन । अाजकाे भौतिक संसार त अझ यति चाँडाेचाँडाे विकास भइरहेको छ कि, केही बर्षमै केही कुरा नयाँ नौला भैरहेका हुन्छन् । मानिसको विचार र मन पनि हरपल बदली रहेका छन् । काेही अावरणमा मात्र बदलिएको देखिन्छ भने केही भित्र भित्रै बदली रहेका हुन्छन् । सबै भन्दा ठूलो कुरा अाफु बदलिएको र अाफ्नाे साेच बदलिएको कुरा अाफुलाई भन्दा धेरै कसैलाई थाहा हुदैन रहेछ र कहिलेकाही अाफैलाई पनि थाहा हुदैन रहेछ ।

हाम्रो भौतिक शरिरकाे अाकार, प्रकार देखि लिएर कुनै कुरालाई हेर्ने दृष्टिकोणसम्म परिवर्तन भईरहन्छ । केही समय पहिले जुन बिषय वा जुन मानिसका बारेमा हामी जे धारण बनाउँथ्यौ त्याे सधै एउटै रहदैन कति कुरा त हामीलाई त्यो बेलामा गलत रहेछ कति सहि रहेछ भन्ने लाग्छ । त्यस बाहेक अरु हुनै सक्दैन भनेकाे कुरा अहिले हेर्दा मुर्खतापूर्ण लाग्छ । जिवन यापनका क्रममा कैयौं मानिससँग राम्रो साक्षात्कार भैरहन्छ । कतिसँग मन मिल्छ । कतिसँग मतभेद हुन्छ । कतिसँग तर्कवितर्क, कतिसँग त झगडा पनि पर्छ । कतिपय बेला कतिपय बिषयलाई हेर्ने, बुझ्ने सन्दर्भमा हाम्रो मतभेद हुन्छ, तर केही बिषयमा कुरा मिलेन भन्दैमा हामी त्याे मानिससँगकाे सम्बन्ध हटाउँछौ, उसलाई हेर्ने दृष्टिकोण नै बदल्छौ जुन राम्रो हाेईन । एउटै मानिसका अनेकौं रुप हुन्छन् तर कसैकाे केही खराब पक्ष थाहा पाउँदैमा हामी यस्तो पाे रै छ भनेर दानविकरण गरि हाल्छौ ।

पछि केही कमजोरी भेटे उछित्ताे पनि काटि हाल्छौ । हामी हतारमा दृष्टिकोण निर्माण गर्छौ र फुर्सदमा पछुताउँछौ ।जिन्दगीमा जानीनजानी धेरैले गल्ती गरिहन्छन कतिसँग बिना कारण र भ्रमवश पनि मनमुटाव बढ्छ । कतिपय बेलामा हामी कसैकाे कुरा सुनेर सम्बन्ध बिगार्छौ । बाेलचाल बन्द गर्छौ, तर फुर्सदमा केलाएर हेर्दा न उसकाे न अाफ्नाे दाेष देखिन्छ । जिन्दगीमा कति अाराेपहरु अाईलाग्छन् जसले जति स्पष्टीकरण दिए पनि त्यतिबेलामा सफाइ पाईदैन तर कलान्तमा रहस्य खुल्छ र दुबै पक्षेले अा-आफ्नो कमजोरी अात्मसाथ गर्छन । कति कुरा त जिन्दगीभर रहस्यमै रहन पनि सक्छन् । कतिले मनमा कुरा लिराख्छन भने कतिले समयसँगै बिर्सन्छन् । कति कुरा पछि भेटेर गर्दा त्यति बेला त्यस्तो भएको थियोे है भनेर ठट्टा पनि गरिन्छ ।

पहिले कमजोर भनेर हेपिएकाहरु पछि बलवान् बन्छन् ।पहिलेका शक्तिशालीहरु पछि कमजोर बन्छन् । समयले कसैलाई महलमा, कसैलाई दाेबाटाेमा ल्याई पुर्याउँछ भन्न सकिँदैन । अाफु बलियो हुँदा र कमजाेर हुँदा कसैलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ नै । मान्छेले रंग र चरित्र फेरि रहन्छ । अाफुलाई पर्दा पाउ माेल्न र नपर्दा छिर्की हान्न पछि पर्दैनौ । शक्तिकाे पछि लाग्ने मानिसको स्वभाव नै हाे । विनाकारण कतिले असल मित्र र असल प्रेमीका गुमाउँछन् उमेर सँगसँगै पनि कति कुरालाई हेर्ने दृष्टिकोण फेरिन्छ । बुढा पाखाले पछि थाहा पाउलान् भनेकाे कुरा अाफु तन्नेरी छदा ठिस लागे पनि पछि त्यहीँ उमेरमा पुग्दा ठिकै भनेका रैछन भन्ने अवस्य नै लाग्छ हाेला । कति मानिसले भने अाफुलाई निहालेर हेर्ने बानी नै हुदैन । जिन्दगी भर गल्ती गरि रहन्छन्, तर दाेष अरुलाई मात्र दिईरहन्छन् ।

अाफ्नाे विश्लेषण गरि रहने हाे भने अाफ्नै कमजोरी स्वकार्न अंहले दिदैन, तर ब्यबहारले अाफुले सुधारेकाे र बुझेकाे छनक दिन सकिन्छ । सबैका गुण र दाेष हुन्छन् । अंह नभएको मानिस त काे नै हाेला र ? अाफु के गर्दैछु, कता जाँदैछु, कस्लाई कति बेला के भन्ने, कस्तो व्यवहार गरे, कति अाफ्नाे पनि त गल्ति भयो कि अाफुले कुरा बुझिनकी भनेर अाफैलाई फुर्सदमा केलाएर हेर्ने हाे भने धेरै समस्याहरु सुल्झिएर जान्छन ।बल्झिएका घाउहरु विस्तारै पुरिन्छन् । अल्झिएका सम्बन्धहरु अघि बढ्छन् । त्यसैले संसारलाई चिन्नु र बुझ्नु भन्दा अघि पहिले अाफुले अाफैलाई चिनौ, अाफैलाई बुझौ र अाफैलाई सुधारौ । अस्तु ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

चलचित्रकर्मीलाई झरना थापाको गुनासो ‘हामीलाई झम्टिने चितुवाले तपाईंलाई बाँकी राख्छ त ?’

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.