• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

कोरोना: साझा चुनौती, एकताको अवसर



  •   बुधबार, बैशाख ०३, २०७७
  • A
  • A+
  • A++

सृजन घिमिरे झापा , बैशाख ३ कोरोना भाईरसले बिश्वलाई त्रसित बनाएको छ । अमेरिका, चिन, इटली, जर्मनी जस्ता विश्व शक्ति रास्ट्रहरु कोरोनाको रोकथाम र नियन्त्रणका लागि हरसम्भव कोसिस गरिरहेका छन । तर पनि उनीहरुको कोसिस पर्याप्त देखिएको छैन । ६ लाखभन्दा धेरै संक्रमित भएको र करिब ४० हजारको मृत्युु भए पछी अमेरिका आत्तिएको छ । केही दिन अघिसम्म चिनियाँ भाईरस भन्दै हल्का टिप्पणी गर्ने अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प सबै ५० वटा राज्यमा संकटकाल घोसणा गर्न बाध्य भएका छन ।

लाग्छ, उनी तिलमिलाएका छन । आतिएका छन । कोरोना नियन्त्रणमा आफ्नो कमजोरिलाई ढाकछोप गर्ने प्रयास स्वरुप उनले विश्व स्वास्थ्य संगठनलाई दोस थोपरेका छन र प्रभाकारी कदम नचालेको र चिनको पक्षधरता लिएको भन्दै अमेरिकाले गर्दै आएको सहयोग कटौती गर्ने घोषणा गरेका छन । छिमेकी भारतले पनि लकडाउनको अवधी थप गर्दै यसलाई झन कडा बनाउने बताएको छ ।

चिनमा तुलनात्मक रुपमा स्थिति सुधार हुँदै गएको देखिए पनि पुर्ण नियन्त्रणमा आयो भनिहाल्न सक्ने अवस्था छैन । नेपालमा पनि झन जटिल अवस्था आउने अनुमान गर्न सकिन्छ । नेपाल सरकारले लकडाउन तेस्रो चरणमा थप गरेको छ । अरु उपायको खोजिमा सरकारले काम गर्दै छ । सरकारको प्रयास पर्याप्त नभए पनि सन्तोसजनक छ ।

आफ्ना नागरिक बचाउन हरेक देशले सारा शक्ति लगाएका छन । विश्वका प्रायः सबै कुनामा फैलिएको यो महामारीको त्रासदी हेर्दा लाग्छ विश्वनै बन्दाबन्दी छ । आफ्नो सटर झारेको छ र घरभित्र लुकेको छ । राजनिती बिर्सिएको छ, व्यापार बिर्सिएको छ, आविस्कार बिर्सिएको छ । अरु सबै स्वार्थ बिर्सिएको छ, केवल बाँच्ने स्वार्थमा लागेको छ ।

सात अरब भन्दा बढी जनसंख्या अहिले आफ्नो अस्तित्वको लडाइँ लडिरहेको छ भन्दा फरक नपर्ला । एउटा यस्तो लडाइँ जो एक अर्का विरुद्धको छैन, आफू जस्तै मान्छेलाई हराउनुको छैन, केवल आफू जित्नुको लडाई छ ।

एउटा सानो भाइरस जसलाई हामी देख्न पनि सक्दैनौं । त्यही भाइरसले मानिसलाई उसको औकात सम्झाईदिएको छ । सारा प्रकृति माथी नै बिजय पाउन सक्ने ताकत देखाउने मानिसलाई सानो भाईरसले प्रकृतिको शक्ति फेरि सम्झाई दिएको जस्तो लाग्छ ।

यो भाइरस सँग हामी अर्थात मानिस हार्यो भने के होला ? के हजारौं बर्ष अघि डाइनोसरको लोप भए जस्तो मानिस प्रजातिको अस्तित्व अन्त्य होला ? यो भाइरस यसैगरी सजिलै फैलदै जाने अनि दैनिक हजारौंको संख्यामा मानिस मर्ने हो भने त मानव अस्तित्व नै संकटमा न आउला भन्न सकिन्न । यस्तै भयावह दृश्य देखाइएका कतिपय सिनेमाहरु मैले हेरेको छु । जसमा यस्तै खालका भाइरस फैलिने र एकपछी अर्को गर्दै मानिसहरु मर्दै गएको देखाईको छ । धेरै मानिसहरु एकै चोटि मर्दा शहरमा लासहरु यत्रतत्र छरिएको देखाईएका हुन्छन । कति भयावह हुन्छन ती दृश्यहरु । कयौं दिनसम्म लास नउठ्दा दुर्गन्ध फैलिरहेको ठाँउमा बाँचेका मानिसहरुले आफ्ना मरेका आफन्तहरुको अन्तिम संस्कारसम्म गर्न पाउदैनन ।

कति सिनेमाहरुमा त भाइरसले आक्रमण गरेर मृत्यु भएका मानिसहरु डरलाग्दा राक्षस जस्तै बनेर बौरिएका अनि उनीहरुले नै जिउँदा बचेका मानिसहरुलाई टोकि आफू जस्तै बनाएका देखाइएको छ । मरेर बौरिएकाहरुले पहिला आफ्नै नजिकका आफन्तहरुलाई आक्रमण गर्छन । मरेका आफ्ना प्रीयहरुको शोकको पीडा एकातिर छ अर्को तिर तिनै प्रीयको आक्रमणबाट बाँच्नुपर्ने बाध्याता । आफू बाँच्न ती प्रेत झैँ उठेका प्रीयहरुलाई फेरि मार्नुपर्ने अवस्था देखाइएको हुन्छ सिनेमाहरुमा । बाँच्नका लागि कति धेरै संघर्ष गर्नु परेको देखाइन्छ त्यहाँ । यी सिनेमामा देखाइएका दृश्यहरु सम्झिदा पनि आंग सिरिङ्ग हुन्छ । आसा गरौं यस्तो अवस्था आउने छैन ।

यो लडाइँमा कोरोना पराजित हुनेछ, हामी बिजयी हुने छौं । विभिन्न कालखण्डमा आएका यस्ता संकटहरुलाई मानिसले पराजित गर्दै अगाडि बढेको इतिहास छ ।
यो अवस्थामा विश्वकै साझा संकटको रुपमा देखिएको कोरोना भाइरसबाट मुक्ति पाउनका लागि पनि संसारभरका सबै मुलुकहरुको साझा प्रयास आवश्यक देखिन्छ । एक अर्का विरुद्धको लडाई नभइ साझा लडाइ भएकाले सबै मुलुकहरुले अहमता त्यागेर एकताका साथ मानव अस्तित्व रक्षाका लागि हातेमालो गर्न आवश्यक छ । संकटको समयमा देशभित्र पनि पक्ष प्रतिपक्ष बन्न जरुरी छैन भने संसारका कुनै पनि मुलुकहरुले कुनै वादको दुहाई दिन आवश्यक छैन । अमेरिका होस, रुस होस, चिन होस या त उत्तर कोरिया या त इरान होस सबैले सझा संकटका रुपमा कोरोनालाई लिनुपर्छ र चुनौतीको समानाका लागि सहकार्य गर्नुपर्छ । यो कुनै एक देश वा एक भुभागमा आएको संकट थियो भने या त कुनै वादले कुनै वादसँग गर्नुपर्ने युद्ध थियो भने कसैले कसैको पक्षधरता लिएर उभिन्थेउ होला तर यो त मानव अस्तित्वको युद्ध हो ।

सबैको शक्ति केन्द्रीकृत गरि एकै ठाँउमा उभिनुपर्ने बेला हो । हुन त कतिपयले यसलाई राजनितिक रुप दिएर कुनै देशले बनाएको मानव सिर्जित भाइरस हो पनि भनेका छन । मलाई यति ठुलो राजनितिक अपराध कसैबाट भयो होला भन्ने लाग्दैन । राजनितिक तरंगको आशंका गर्दै समय खेर फाल्नुभन्दा यो वैश्विक संकटको नियन्त्रणका लागि सबैको शक्ति केन्द्रित हुन आवश्यक छ । के थाहा सिद्धांत, धर्म, भुगोल,वर्ण, र अहमताका कारण विभाजित हुँदै तेस्रो विश्वयुद्धको मुखमा पुगेको विश्वलाई एकताको पहलकदमिमा डोर्याउन कोरोना माध्यम बन्छ कि ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.