• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

उत्तर कोरियाली नेता किमको स्वास्थ्यमा गम्भिर समस्या


  •   मङ्गलबार, बैशाख ०९, २०७७
  • A
  • A+
  • A++

दक्षिण कोरिया, एक दक्षिण कोरियाली रिपोर्टले यसै महिनाको सुरुमा मुटुको शल्यक्रिया गरेका उत्तर कोरियाली नेता किम जोङको उपचार जारी रहेको जनाएको छ। रोयटर्समा प्रकाशित समाचारका अनुसार अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर यस्तो अनुमान गरिएको हो। उत्तर कोरिया समर्थकहरूले संचालन गर्दै आएको डेली एनके वेभसाइटका अनुसार अप्रिल १२ मा किम मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए।

सो वेबसाइटका अनुसार किम हाल पूर्वीय तटमा रहेको ह्यासाङ स्थित माउन्ट कुमगाङ रिसोर्टमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्। दक्षिण कोरियाको एकिकरण मन्त्रालयले भने यसमा कुनै टिप्पणी दिन अस्वीकार गरेको छ। एकिकरण मन्त्रालयले अन्तर-कोरियाली मामिलाहरू सम्हाल्दै आइरहेको छ। दैनिक धुम्रपान, मोटोपन र अधिक कामका कारण किमको स्वास्थ्य केही महिना यता बिग्रिएको डेली एनकेले जनाएको छ। ‘मेरो बुझाइमा उहाँ गत अगस्टदेखि नै हृदय सम्बन्धी समस्याहरूसँग संघर्ष गर्दै हुनुहुन्थ्यो तर पेक्टु पर्वतमा बारम्बार भ्रमण गरेपछि उहाँको स्वास्थ्य झनै बिग्रियो,’ एक स्रोतले भन्यो।

रिपोर्ट अनुसार अप्रिल ११ मा किम सार्वजनिक रूपमा अन्तिम पटक देखा परेका थिए। सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरोको बैठकको अध्यक्षता पछि उनी अस्पताल प्रस्थान गरेको बताइन्छ। यसैगरी अमेरिकी संचारमाध्यम सिएनएनले आफ्नो समाचारमा मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण रहेको जनाएको छ। उसले आफ्नो समाचारमा किमको स्वास्थ्य गम्भिर भएपनि त्यो कति गम्भिर छ भन्ने बारेमा केही जानकारी प्राप्त हुन नसकेको जनाएको छ। सिएनएनले समाचारमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गरेको छ।

यसैगरी सिएनएनसँगको कुराकानीमा उत्तर कोरियाका लागि सिआइएका पूर्व उप-प्रमुख ब्रुस क्लिङ्गरले यसअघि पनि कयौं पटक किम र उनको पिताको स्वास्थ्यलाई लिएर सार्वजनिक भएका खबरहरू हल्ला प्रमाणित भएकाले सत्यतथ्यका लागि पर्खनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.