• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नुपर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्रकाहरुमाथि दुर्व्यवहार , पत्रकार संघ संगठनको गम्भीर ध्यानाकर्षण



  •   सोमबार, बैशाख १५, २०७७
  • A
  • A+
  • A++

पत्रकारहरुलाई प्रहरीद्वारा गरिएको दुर्व्यवहार र गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस संगठन नेपाल, चितवन र नेपाल प्रेस युनियन चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस संगठन चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली र प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “पत्रकारलाई दुव्र्यवहार गरी सवारीसाधन समेत नियन्त्रणमा लिई गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्दछौं । पत्रकारको परिचय पत्र लगाएर कार्यक्षेत्रमा खटिएका रिजाल र अधिकारीलाई नियन्त्रणमा लिई भरतपुरको कर्भडहलमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।“

पत्रकारले परिचपत्र देखाउँदासमेत लकडाउनमा कसैलाई नचिन्ने भन्दै नियन्त्रणमा लिएर पत्रकार महासंघको रोहबरमा डेढ घण्टापछि रिहा गरिएको थियो । उनिहरुलाई प्रहरीले स्थलगत रुपमा दुव्र्यवहार गरी संचारसाधन र सवारी साधन समेत नियन्त्रणमा लिएको थियो । कार्यक्षत्रमा खटिएको जानकारी गराउँदा गराउँदै पनि त्यहाँ खटिएका प्रहरीले अपशब्द बोल्दै दुव्र्यवहार गरी गिरफ्तार गरेर पत्रकारले खिचेको फोटो र भिडियो समेत डिलिट गर्न लगाइएको थियो ।

संकटको बेला राज्य संयन्त्रले आमनागरिकलाई अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नुपर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्रकाहरुमाथि दुर्व्यवहार गरी गिरफ्तार गर्ने कार्यमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै पत्रकारको सवारीसाधन र सञ्चारसाधन जबरजस्ती नियन्त्रणमा लिने क्रममा भएको क्षतिको पूर्तिको माग गरिएको छ ।

कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर आम नागरिकलाई सुसूचित गराउने काममा खटिएका पत्रकारको सुरक्षाको सवालमा संवेदनशील रहन र स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग समेत गरिएको छ ।

सरकारद्धारा जारी लकडाउनका समयमा रिपोटिङमा निस्किएका चितवनका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भरतपुरस्थित चौबिसकोठीबाट प्रहरीले कायकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई सोमबार बिहान १० बजे नियन्त्रणमा लीइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.