आरती घिमिरे। भरतपुर। लक डाउन को बेला थपक्क काम नगरि बसे पनि हुन्थ्यो तर नमुना दिदि भने माक्स बनाउन ब्यस्त हुनु हुन्छ् । यो लक डाउन भरि करिब ३०,००० पिस माक्स बनाइसक्नु भयो। बजारमा धेरै टेलर छन, लक्डाउनको पालना गरेर होला या ग्राहक नभएकाले होला सबै जसो बन्द नै छन्।
तर आम्दानिको पर्वाह नगरि सामाजिक सेवाको भावना लिएर यस्तो बिपतको घडिमा सिपको सहि सदुपयोग गर्नु नै असली समाज सेवा हो ।
हस्पिटल क्षेत्र साप्ताहिक सरसफाइ अभियान कि अभियान्ता पनि हुनु हुन्छ उहाँ त्यसैले हामी सामाजिक सेवाले गर्दा नजिकिएका छौँ। अब बनाएको माक्स चाहिँ कतै सहयोग गर्न पाए हुन्थ्यो भनि मलाइ भन्नु भएको थियो। त्यसैले जहाँ अति आवस्यकता र सबैको सहयोग पुगेको हुंदैन त्यहाँ सहयोग गर्दा राम्रो हुन्छ भन्ने सल्लाह भयो र हामी गयौॅ चितवन जिल्ला कारागार।
बन्दिहरुलाइ धेरैले घिर्णाको नजरले हेर्ने र हेप्ने प्रबिद्धि छ। तर माया गर्ने हो भने उनिहरुमा सकारात्मक परिवर्तन आउछ् भन्ने बिश्वास छ। त्यसैले कसरी हुन्छ उनिहरुलाइ उद्दम गर्न , सेवा गर्न प्रेरित गर्नु आवस्यक देखिन्छ। त्यसैले हामी सकारात्मक सोच लिएर कारागार गयौॅ ।महानिर्देशक प्रदिप कंडेल सरलाइ सम्पर्क गर्न धिरेन्द्र दाइले भन्नु भयो। उहाँलाई फोन गरेपछि कारागार भित्र जान सजिलो भयो।
उहाँहरुले पनि यस्तो ठाँउ सम्झिएर आउनु भयो भनेर सम्मानजनक ब्यबहार गर्नु भयो। त्यहाको लागि भनेर तयार गरेको ३०० पिस माक्स हस्तान्तरण गरेर लाग्यौॅ मानब सेवा आश्रम तर्फ ।
त्यस पछि मानव सेवा आश्रमका लागि पनि माक्स बनाएकि छु आरती जाम भन्नु भयो। अनि मानव सेवा आश्रममा गएर आफैँ माक्स पनि लगाइदियौॅ । त्यहाँ बस्नु भएकि एउटि आमालाइ देखेर मेरो आमालाइ पनि यसरि छोडेको भए तिमी हामी यसरी भेट हुने थिएन भन्नु भयो । मन चसक्क भयो।मानब सेवा को लागि ५० पिस माक्स दिदिले दिनु भयो ।
कारागारमा र मानब सेवा आश्रममा माक्स दिइ सकेपछि झन उर्जा मिलेछ दिदिलाई सायद दुइ दिन पछि फोन गरेर ‘अझै माक्स बनाएकि छु आरति पैसाले कहिले पुग्दैन यो पनि काम लाग्ने ठाउँमा सहयोग गर्छु’ भनेर भन्नु भयो। यस पटक हाम्रो सुरक्षाका लागि भनेर दिन रात खटिएका सुरक्षाकर्मिहरुको लागि दिन उपयुक्त होला भनेर ३०० पिस माक्स चितवन जिल्ला प्रहरि कार्यालयमा गएर हस्तान्तरण गर्नु भयो।
पैसा कमाउने उद्येश्यले मात्र सोचेको भए माक्सलाइ महंगोमा बेच्ने काम हुन्थ्यो वा त्यहि काम पनि हुन्थेन । बिपतको बेलामा माक्स सिलाउने सोच सामाजिक सेवाको भावनाले आएको हो।दिदिले यो समयमा अहिले सम्म १००० पिस माक्स निसुल्क वितरण गर्नु भएको छ र आवस्यक स्थानमा दिदै जाने सोच राख्नु भएको छ । सफल ब्यबसायी भनेको धेरै कमाउनु होइन धेरैको काम आउनु हो।
(लेखक भरतपुर महानगर युवा संजालको सह संयोजक एबम् एक सामाजिक अभियन्ता हुनुहुन्छ । )