डर लाग्यो एक्लै जिउने बानी परिन्छ की क्या हो
मिलन हैन एकान्तको भर परिन्छ की क्या हो ।
भेटै हुन्न, दिन कुरे महिना कुरे वर्षै कुरें
सङ्गै नभै तस्वीरको भर परिन्छ की क्या हो ।
अहिले था भो तिम्रो प्रित मूल्यवान कति रैछ
एक्लै एक्लै जीवनको जंघार तरिन्छ की क्या हो ।
साथमा छँदा बिताएका पलपल सँगालेछु
तिनै यादले सपनाको झोली भरिन्छ की क्या हो ।
संगै हुँदा तिम्रो माया बुझ्ने कोशिस गरेनछु
प्रितले हैन छटपटीले सालै फेरिन्छ की क्या हो ।
रुद्र प्रसाद दहाल
वैत्यश्वर –४, दोलखा