• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

गाँजा बरामद गरी फर्कीने क्रममा प्रहरीमाथि स्थानियहरुको आक्रमण, ३ प्रहरी घाइते


  •   शनिबार, बैशाख २७, २०७७
  • A
  • A+
  • A++

बैशाख २६। गाँजा बरामद गरी फर्कीने क्रममा प्रहरीमाथि स्थानियहरुको आक्रमण गरेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । सो घटनामा प्रहरी जवान अवधेस प्रसाद यादव ,लुकेश जर्घा र सुजन बराइली घाइते भएका छन् ।

२६ गते दिनको १ बजेको समयमा ईलाका प्रहरी कार्यालय टाँडीलाई गोप्य सुचना प्राप्त भयो । सूचना प्राप्त भए लगत्तै हुसेन काजी राईको कमाण्डमा १० जनाको टोली सोहि स्थान प्रस्थान गर्यो । सुचानामा भनिएको थियो कि राप्ती १२ धनमागं गैरी भन्ने वडा एरियामा लागु पदार्थ गाँजा लुकाई छिपाई राखिएको छ।

सुचनापाए पछि पुगेको प्रहरीको टोलीले लुकाई राखेको अवस्थामा ३४ किलो अबैध गाँजा बरामत गर्यो । उक्त एरियाबाट गाँजा बरामद गरी फर्कीने क्रममा वडा नं ५ स्थित चैकीडाडा भन्ने स्थानमा राति ९ :२० बजे आईपुग्दा स्थानियहरुले प्रहरीलाई लक्षित गरि आक्रमण सुरु गरे ।

अन्दाजी ३०० जना भेला जम्मा भई प्रहरीले प्रयोग गरेको बा१२च २७१ नं को रत्ननगर नगरपालिकाको गाडीमा एक्कासी स्थानियहरुले आक्रमण गर्दा उक्त गाडीको सिसा फुटेको ईलाका प्रहरी कार्यालय भण्डाराले बताएको छ । साथै रेस्क्युको लागी इलाका प्रहरी कार्यालय भण्डारावाट गएको प्रहरी निरिक्षयकको कमाण्डको टोलिमाथि समेत आक्रमण भएको थियो ।,

स्थितीलाइ नियन्त्रणमा लिनको लागी एसएलआरबाट प्रहरीले १ राउन्ड हवाई फायर गरी स्थानिय ४ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा चितवन राप्ती नगरपालिका ५ बस्ने बर्ष २४ को रन्जित वाईवा ,सोहि स्थान बस्ने बर्ष २० को सुमन वाईवा, बर्ष २२ को संचरास घलान र बर्ष ३५ को धन बहादुर घलान रहेका छन् ।

ईलाका प्रहरी कार्यालय भण्डारा चितवनको बा१ झ ७४६५ नं को गाडीको समेत अगाडीको सिसा र वडी क्षती भएको उक्त स्थानमा इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायव उपनिरिक्षयकको कमाण्डमा ७ जनाको थप टोली समेत खटाइएको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.