• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

एक महिना पछि खुल्यो काँकडभिट्टा नाका


  •   शनिबार, बैशाख २७, २०७७
  • A
  • A+
  • A++

२७ बैशाख, झापा । देशको पूर्वी नाका काँकडभिट्टा एक महिना पछि आज शनिबार खुलेको छ । भारतमा कोरोनाको प्रकोप बढेपछि पश्चिम बङ्गाल सरकारले चैत २६ गतेदेखि एकतर्फी रुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेको थियो । त्यसयता काँकरभिट्टा नाकाबाट आयात निर्यात ठप्प थियो । शनिवार पश्चिम बङ्गाल सरकारले नै भारतीय नाका खुला गरेको हो । नाका खुलेपछिको पहिलो खेपमै कोइला बोकेको २५ वटा गाडी सहित ३० वटा भारतीय मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट पहिलो खेपमा ३० वटा गाडी नेपाल भित्रिएको जानकारी दिएका छन् । सीमावर्ती पानीटङ्कीस्थित भारतीय भन्सार कार्यालयले मेची भन्सार कार्यालयलाई नाका खुलेको मौखिक जानकारी गराएको थियो । सो जानकारी गराएको केहीबेर पछि पानीटङ्कीबाट गाडीका लस्कर नेपाल पसेका थिए । नेपाल इन्टर मोडल यातायात विकास समिति काँकरभिट्टा सुख्खा बन्दरगाहकी प्रमुख अम्बिका सुबेदीले शनिवार नेपाल आइपुगेका ३० वटा गाडीमध्ये २५ वटामा कोइला रहेको बताएकी छन् । सिल खोल्न बाँकी रहेका कारण अरु ५ वटा गाडीमा के छ भन्ने जानकारी भइसकेको छैन । पहिलेदेखि नै मेची भन्सार परिसरमा २५ वटा गाडी पार्किङमा रहेका छन् ।

पश्चिम बङ्गाल सरकारले एकतर्फी रुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । औषधि, मास्क, तरकारी, खाद्यान्न लगायतका अत्यावश्यक वस्तु समेत पानीटंकी नाकाबाट नेपाल छिर्न दिइएको थिएन ।

एक महिनासम्म कोलकाता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएका थिए । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करहरु समेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए । जसका कारण इन्धनको ढुवानी महँगो भएको थियो ।

नेपाल सरकारले बोर्डर सिल गरे तापनि भन्सारबाट अत्यावश्यक वस्तुको कारोवार रोक्न चाहेको थिएन । तर नेपालमा संकट परेको बेला भारतले औषधि, खाद्यान्न लगायतका अति आवश्यक वस्तुको कारोवार नाकामा रोकेको थियो । शनिवार ३० वटा मालवाहक गाडी नेपाल जान दिए पनि भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले बताएका छन् । त्यो हो भने सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ । खाली गाडीलाई पानीटङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने अवस्था छ । ट्याङ्करहरु भारतमा इन्धन ओसार्न जाँदा नेपालबाट खाली जानु पर्ने हुन्छ । खाली गाडी अरु नाकाबाट जानुपर्ने भारतीय भन्सारको भनाई अव्यावहारिक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.