• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

भरतपुरका नव उद्धमीहरुको अनलाइन मार्फत भेटघाट कार्यक्रम सम्पन्न



  •   सोमबार, जेठ ०५, २०७७
  • A
  • A+
  • A++

भरतपुर। भरतपुरका नव उद्धमीहरुको अनलाइन मार्फत छैटौं भेटघाट कार्यक्रम सम्पन्न भएको छ। जूम मार्फत आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रका १५ जना उद्धमीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले कोरोना भाईरस र लकडाउनले आफ्नो ब्यबसायमा परेको असर बारे छलफल गरेका थिए। प्राय उद्दमीहरुको घर भाडा , कर्मचारी तलब , कर्मचारी ब्यबस्थापनमा समस्या देखिएको थियो।

”लक डाउन हुनु अघि ब्यबसाय सुरु गरेर काम गर्न नपाउदै यो महामारी आयो। जग्गा भाडा सहित मासिक डेड लाख खर्च छ , केहि कमाएको छैन, लगानी फसेको छ, कसरी खर्च ब्यबस्थापन गर्ने? ”भनेर सम्पूर्ण अटोमोबाईल्स प्रा लिका अध्यक्ष बिमल पौडेलले दुख ब्यक्त गर्नु भयो।

अन लाईन मार्फत कपडाको व्यापार गरिरहेको सासा अनलाईनले पनि सामग्री अभावमा भएको कारण , अब ‘कोभिड घुम्ती सेवा” संचालन गरि किरानाको सामग्रीको करोबार सुचारु गर्ने उद्दमी सन्जिब ओझाले बताउनु भयो।

कम्पनि दर्ता सम्बन्धि काम गर्दै आएको ग्राफिक मार्ग प्रालिका अध्यक्ष जनक खड्काले आफुले एक महिनाको घर बहाल छुट पाएकोमा घरबेटीलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो र कर्मचारीको ब्यबस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो।

यो महामारीले अहिले मात्र नभएर पछि पनि आफ्नो ब्यबसायमा नकारात्मक प्रभाब देख्नु भएको टाउन ग्रुप कम्पनीना संचालक भिम पौडेलले ब्यबसायको स्वरुप परिबर्तन गर्नु पर्ने स्थिति आएको बताउनु भयो।

निर्माण क्षेत्रमा काम गर्ने एस ग्रुपका प्रबन्ध निर्देशक सुरज न्यौपानेले कर्मचारी ब्यबस्थापनमा समस्या देखिएको जानकारी दिनु भयो। ”यो बन्दाबन्दी कहिले सम्म जाने थाहा छैन। तर कर्मचारी हाम्रा लागि सम्पति हुन् हामीले जसरी पनि उनिहरुको ब्यबस्थापन गर्नु पर्छ” न्यौपानेले बताउनु भयो।

मासुजन्य सामग्रीको काम गर्ने ब्यबसाय संचालन गर्नु भएर मिस्टर बुचरका संचालक सौगात तिवारीले आफ्नो सेवा आवस्यक सुरक्षा अपनाएर अन लाईन मार्फत सुचारु गरेको बताउनु भयो।

बिद्धुत मर्मत सेवा सम्बन्धि काम गर्ने उज्यालो बिजुली मर्मत सेवाका संचालक उत्तम मरहट्टाले व्यक्तिगत सुरक्षा अपनाएर काम गर्नु पर्नेमा जोड दिनु भएको थियो।

खोज इन्जिनीरिंगका संचालक प्रदिप पौडेलले वर्तमान अवस्थालाई मात्र नभएर भबिस्यलाई पनि समेटेर उत्पादन मुलक क्षेत्रमा युवाहरु लाग्नुपर्ने विचार ब्यक्त गर्नु भएको थियो ।

भरतपुर महानगर युवा संजालका सचिब अमृत सापकोटाले अब युवाहरु कृषि तथा उत्पादन क्षेत्रमा लाग्नु पर्ने र सरकारले उचित बजार ब्यबस्थापन गरेमा युवाहरु आफ्नै देशमा आत्मा निर्भर हुन सक्ने विचार ब्यक्त गर्नु भएको थियो।

मोबाईल फोनको कारोबार गरी रहनु भएका स्वस्तिक मोबाईलका संचालक पदम श्रेष्ठले अब पुरानै शैलीमा ब्यबसाय संचालन गर्न गार्हो हुने भएको कारण नया तरिकाबाट ब्यबसाय गर्नु पर्ने धारणा राख्नु भएको थियो।

भी ग्रुपको आयोजनामा भएको कार्यक्रममा कोरोना रोकथामको लागि बन्दाबन्दी अन्तिम विकल्प नभएको र चरण बध्द रुपमा बन्दाबन्दीलाई खुकुलो गरी आवस्यक सुरक्षा सहित ब्यबसाय गर्ने बातावरण सिर्जना गर्नु पर्नेमा बिपिन कंडेलले सुझाब दिनु भएको थियो । अबको समयमा खर्च कटौती गर्नु उद्धमी लागि पहिलो चुनौती हुने छ, खर्च कटौतीको लागि सामुहिक रुपमा काम गर्नु पर्नेमा कंडेलको जोड थियो ।

व्यापार प्रबर्दनको लागि ग्रुप भित्रबाट नै एक अर्काको ब्यबसायमा सबै उद्धमीले साथ र सहयोग गर्नु पर्नेमा उपस्थित सबैको साझा धारणा थियो।

भी ग्रुप नेपालले प्रत्येक महिनाको पहिलो सोमबार नव उद्धमीको ब्यबसाय प्रबर्धनको लागि भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.