खासगरी तराई को भु-भाग र छिमेकिमुलुक भारतमा अधिकतम प्रचलमा आएको एक प्रकारको शुद्ध सरल पोसाक धोती हो। यो पोसाक के महिला, के पुरुष , के जिवित के मृतक सबैले सबै भन्दा बढी प्रयोगमा ल्याउने पोशाक हो। अझै भन्ने हो भने हिन्दू धर्ममा कुनै धार्मिक काममा शुद्ध पोशाक को पर्याबाची धोती हो। यो केबल एउटा पोशाक बाहेक ज्यादा केही पनि होइन। लाउन सहज र सरल भएकोले देशको भौगोलिक अबस्था अनुसार धेरै गर्मी हुने क्षेत्रमा ज्यादा प्रयोगमा ल्याउने कुरा स्वभाबिक नै भयो। जसले जति बढी प्रयोगमा ल्यायो, त्यति नै त्यो पोशाक प्रतिको मोह हुने नै भयो।
त्यै पोशाकले मात्रै हाम्रो इज्जत बच्ने भए अरु पोशाकको जरुरत नै हुने थिएन। यो केबल एक पोशाक मात्रै हो……. एक पोशाक मात्रै हो। पोसाकको विषयमा यो भन्दा बेसि टिप्पणी गर्नु अथवा अरु दाग लगाउनु,अझै भनु, राजनीतिक टिप्पणी सङ जोडेर हेर्नु रोगी मानशिकताको उपज हो। मैले मेरै पारिवारिक पृष्ठभुमि भन्ने हो भने करिब १२५ बर्ष देखि तराईमा बसोबास गरिरहेकै छौ। स्वभाविक रूपमा धोती हामी पनि प्रयोग गर्दै आएका छौ।
अझै हामी ब्राह्मण परिवार भएकोले जन्म देखि मृत्यु सम्म धोती अनिवार्य जस्तै छ। हामीलाई जति यो धोतिको माया कसलाई होला? अहिलेको विषम परिस्थिति मा त येस्को महत्व अझै बढी छ। अस्ति भर्खरै बुबा भन्दै हुनु हुन्थ्यो ” बाबू लकडाउन ले सबै सामान सर्टेज छ होला, बजार जादा मलाई धोती, गम्छा ल्याउन नबिर्स है “।
फेरि पनि यो केबल पोसाक मात्रै हो……. केबल एक पोशाक मात्रै हो। समय परिवर्तनशिल छ। समय सगै समाज पनि परिवर्तन उन्मुख छ। त्यसै अनुरुप मानिसका इच्छा ,आकाङ्क्षा ,उदेश्य पनि परिवर्तन हुने नै भयो। समाजका केही बिष बृक्षहरुले हाल आएर हरेक सामाजिक र सास्कृतिक बिषयमा बिष बमन गरि समाजलाई दुषित बनाउने प्रयास गरेका छ्न।हालसालै पश्चिम रुकुममा ५/६ जानाको ज्यानै जाने गरि भएकोे घटना पनि बीस बमन को एउटा ज्वलन्त उदाहरण हो।
यहाँ देशले होनहार युवा शक्ति गुमायो, घर परिवारले छोरा नाति, भाइ आदि गुमायो। घटनाको सत्यतथ्य छानबिन गरि दोषीउपर कडा भन्दा कडा कामकारबाही हुनुपर्छ ।स्मरणीय यो छ कि।यहाँ दलित मरेको छैन , तर अनावश्यक टिप्पणी र बिष बमन दुर्भाग्यपूर्ण छ। समाजको ठूलो बिष बृक्षको स्वरुप राजनीतिक संगठनले धारण गरेको देखिन्छ ।समाज पुर्णरूपमा बिभाजित छ। आफ्नो निजि स्वार्थ सिद्ध गर्न सिङ्गो समाजलाइ शब्दको कु-राजनीतिक जातोमा पिस्ने काम कदापि स्वीकार्य छैन।अहिले धेरै प्रयोगमा ल्याइ दुषित बनाइएका शब्द हरु जस्तैः धोती ,टोपी , मधेसी,पाहाडी , खस दलित ,आदिवासी ,थारू आदि ।
यी त हाम्रो देशका गहना हुन। सिङ्गो नेपाल घर हो भने इटा, बालुवा , सिमेन्ट ,छ्ड आदि हुन धोती टोपि हरु।यी शब्दहरु कसैको ब्याक्तीगत बप्यौता (personal property )होईन । यो शब्द जस्ले जाहापनी जुनसुकै बेला कसैलाई खराब उदेश्य वा अर्थ नलाग्ने गरि प्रयोग गरि आएको र पटकपटक आबश्यक्ता अनुसार पुनः प्रयोग गर्न सकिन्छ । धोती ,टोपी ,मधेसी ,पहाडी दलित ,खस आदिवासी ,थारु आदि बिना को देश नुन बिनाको तरकारी जस्तै हो।
आज रङ्ग वा पोशाक कसैको ब्याक्तीगत बप्यौता (personal property )हुन्थ्यो भनी गाजर,पाकेको आँप आदि हिन्दूको-सेतो मुला चामल सबै ख्रीस्टियनको, र हरियो सागपात सबै मुस्लिम को हुन्थ्यो होला। जति मात्रै हुआज धोती सबैलाई मन पर्ने पोशाक पनि हो। पहाड मा बस्नेहरूले लगाए भने पहाडी धोती ,हिमाल बस्नेले लगाए भने हिमाली धोती , तराई मा बस्नेले लगाए भने तराईको धोती,अमेरिकी ले लगाए अमेरिकी धोती कुरा स्पष्ट छ। यो हामी सबैको प्रीय पोसाक हो।जसरी नेपाल सबैको नेपाल हो, त्यसैगरी धोती ,टोपी सबैको साझा हो।धोती र टोपी मिलेको नै राम्रो सुहाउँदो हुन्छ अन्यथा धोती न टोपी हुन बेर लाग्दैन।
बिबेक रुपाखेती ( हाल: अस्ट्रेलिया)