• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

धोती न टोपी – हामी सबै को प्रीय पोसाक -बिबेक रुपाखेती



  •   बिहिबार, जेठ १५, २०७७
  • A
  • A+
  • A++

खासगरी तराई को भु-भाग र छिमेकिमुलुक भारतमा अधिकतम प्रचलमा आएको एक प्रकारको शुद्ध सरल पोसाक धोती हो। यो पोसाक के महिला, के पुरुष , के जिवित के मृतक सबैले सबै भन्दा बढी प्रयोगमा ल्याउने पोशाक हो। अझै भन्ने हो भने हिन्दू धर्ममा कुनै धार्मिक काममा शुद्ध पोशाक को पर्याबाची धोती हो। यो केबल एउटा पोशाक बाहेक ज्यादा केही पनि होइन। लाउन सहज र सरल भएकोले देशको भौगोलिक अबस्था अनुसार धेरै गर्मी हुने क्षेत्रमा ज्यादा प्रयोगमा ल्याउने कुरा स्वभाबिक नै भयो। जसले जति बढी प्रयोगमा ल्यायो, त्यति नै त्यो पोशाक प्रतिको मोह हुने नै भयो।

त्यै पोशाकले मात्रै हाम्रो इज्जत बच्ने भए अरु पोशाकको जरुरत नै हुने थिएन। यो केबल एक पोशाक मात्रै हो……. एक पोशाक मात्रै हो। पोसाकको विषयमा यो भन्दा बेसि टिप्पणी गर्नु अथवा अरु दाग लगाउनु,अझै भनु, राजनीतिक टिप्पणी सङ जोडेर हेर्नु रोगी मानशिकताको उपज हो। मैले मेरै पारिवारिक पृष्ठभुमि भन्ने हो भने करिब १२५ बर्ष देखि तराईमा बसोबास गरिरहेकै छौ। स्वभाविक रूपमा धोती हामी पनि प्रयोग गर्दै आएका छौ।

अझै हामी ब्राह्मण परिवार भएकोले जन्म देखि मृत्यु सम्म धोती अनिवार्य जस्तै छ। हामीलाई जति यो धोतिको माया कसलाई होला? अहिलेको विषम परिस्थिति मा त येस्को महत्व अझै बढी छ। अस्ति भर्खरै बुबा भन्दै हुनु हुन्थ्यो ” बाबू लकडाउन ले सबै सामान सर्टेज छ होला, बजार जादा मलाई धोती, गम्छा ल्याउन नबिर्स है “।

फेरि पनि यो केबल पोसाक मात्रै हो……. केबल एक पोशाक मात्रै हो। समय परिवर्तनशिल छ। समय सगै समाज पनि परिवर्तन उन्मुख छ। त्यसै अनुरुप मानिसका इच्छा ,आकाङ्क्षा ,उदेश्य पनि परिवर्तन हुने नै भयो। समाजका केही बिष बृक्षहरुले हाल आएर हरेक सामाजिक र सास्कृतिक बिषयमा बिष बमन गरि समाजलाई दुषित बनाउने प्रयास गरेका छ्न।हालसालै पश्चिम रुकुममा ५/६ जानाको ज्यानै जाने गरि भएकोे घटना पनि बीस बमन को एउटा ज्वलन्त उदाहरण हो।

यहाँ देशले होनहार युवा शक्ति गुमायो, घर परिवारले छोरा नाति, भाइ आदि गुमायो। घटनाको सत्यतथ्य छानबिन गरि दोषीउपर कडा भन्दा कडा कामकारबाही हुनुपर्छ ।स्मरणीय यो छ कि।यहाँ दलित मरेको छैन , तर अनावश्यक टिप्पणी र बिष बमन दुर्भाग्यपूर्ण छ। समाजको ठूलो बिष बृक्षको स्वरुप राजनीतिक संगठनले धारण गरेको देखिन्छ ।समाज पुर्णरूपमा बिभाजित छ। आफ्नो निजि स्वार्थ सिद्ध गर्न सिङ्गो समाजलाइ शब्दको कु-राजनीतिक जातोमा पिस्ने काम कदापि स्वीकार्य छैन।अहिले धेरै प्रयोगमा ल्याइ दुषित बनाइएका शब्द हरु जस्तैः धोती ,टोपी , मधेसी,पाहाडी , खस दलित ,आदिवासी ,थारू आदि ।

यी त हाम्रो देशका गहना हुन। सिङ्गो नेपाल घर हो भने इटा, बालुवा , सिमेन्ट ,छ्ड आदि हुन धोती टोपि हरु।यी शब्दहरु कसैको ब्याक्तीगत बप्यौता (personal property )होईन । यो शब्द जस्ले जाहापनी जुनसुकै बेला कसैलाई खराब उदेश्य वा अर्थ नलाग्ने गरि प्रयोग गरि आएको र पटकपटक आबश्यक्ता अनुसार पुनः प्रयोग गर्न सकिन्छ । धोती ,टोपी ,मधेसी ,पहाडी दलित ,खस आदिवासी ,थारु आदि बिना को देश नुन बिनाको तरकारी जस्तै हो।

आज रङ्ग वा पोशाक कसैको ब्याक्तीगत बप्यौता (personal property )हुन्थ्यो भनी गाजर,पाकेको आँप आदि हिन्दूको-सेतो मुला चामल सबै ख्रीस्टियनको, र हरियो सागपात सबै मुस्लिम को हुन्थ्यो होला। जति मात्रै हुआज धोती सबैलाई मन पर्ने पोशाक पनि हो। पहाड मा बस्नेहरूले लगाए भने पहाडी धोती ,हिमाल बस्नेले लगाए भने हिमाली धोती , तराई मा बस्नेले लगाए भने तराईको धोती,अमेरिकी ले लगाए अमेरिकी धोती कुरा स्पष्ट छ। यो हामी सबैको प्रीय पोसाक हो।जसरी नेपाल सबैको नेपाल हो, त्यसैगरी धोती ,टोपी सबैको साझा हो।धोती र टोपी मिलेको नै राम्रो सुहाउँदो हुन्छ अन्यथा धोती न टोपी हुन बेर लाग्दैन।

बिबेक रुपाखेती ( हाल: अस्ट्रेलिया)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.