• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

बोल्न नसकेको एउटा पीडा, ‘महिनावारी’ – अस्मिता साँखी



  •   शनिबार, जेठ १७, २०७७
  • A
  • A+
  • A++

अस्मिता साँखी झापा, जेष्ठ१७ । मैले धेरै पटक बोल्न चाहेर पनि बोल्ने ठाउँ नै भेट्टाएकि थिइन । या मलाई बोल्न अफ्ट्यारो लागिरहेको थियो । महिनैपिच्छे म आफैंले भोग्दै आएको अफ्ट्यारोको विषयमा पनि बोल्ने आँट गरेकी थिइन । किनकि म पनि छोरी नै भएर जन्मिएको छु । म जस्ता लाखौँ छोरीहरुको पिडा बोल्न पनि मैले हिचकिचाउनु पर्ने अवस्था कसले बनायो होला ? निसन्देह यो समाजले । यो समाजको अघि मैले बोल्न चाहेर पनि बोल्न नसकेको पिडा हो, महिनावारी अर्थात् रजस्वला ।

मलाई लाग्छ, हिजोका मानिसहरुले हिजो कै समाजलाइ मिल्ने नियम बनाएका थिए होला । पहिला धारा पधेँरा टाढा थिए, पानी बोकेर ल्याउन कठिन थियो । ब्यक्तिगत सरसफाइ गर्नुपर्छ भन्ने चेतना कमजोर थियो होला । महिनावारी भएको बेला महिलाहरु कमजोर हुन्छन, सरसफाइमा पनि त्यसबेला विशेष ध्यान पुर्याउनु पर्ने भएकाले पनि भान्साको काम गर्न नहुने भन्ने नियम बनाईएको हुनसक्छ । यस्ता नियमहरुले कतिपयलाई यस्तोबेला सजिलो पनि बनाईरहेको थियो होला ।

महिनावारीमा महिलाहरुले बार्ने कुराहरु देखि लिएर के गर्न हुन्छ के गर्न हुदैन भन्ने कुराहरु त्यसबेलाको समाजको लागि जायज मान्न पनि सकिन्थ्यो होला । तर के आजको समयमा त्यो सान्दर्भिक छ ? ब्यबहारिक छ ? अवश्य छैन । यस्ता नियमहरुले गर्दा महिलाहरुको दैनिकी नै अफ्ठेरो बनाइदिएको छ । महिनावारि भएको बेला खान, बस्न, काम गर्न देखि लिएर प्रयोग गर्नु पर्ने सामानमा पनि समाजको साँघुरोपन र बन्धनले कति धेरै अफ्ठेरो बनाइदिएको छ । महिनावारीको समयमा महिलाहरू अझै पनि आफ्नै घर परिवार र समाजसँग खुल्न सक्दैनन । यस्तो बेलामा खानेकुरा छुन हुदैन, मान्छेहरु देखि टाढा नै बस्नु पर्छ,अछुत बन्नुपर्छ । जुनबेला परिवार र समाजबाट झन धेरै आत्मीयता, सहयोग र मायाको खाँचो हुन्छ । त्यहिबेला झन अफ्ट्यारोमा पारिन्छ ।

अझैपनि महिनावारीको बेला अति आवश्यक पर्ने ‘प्याड’ शब्द पनि खुलेर उच्चारण गर्न सक्दैनन । पेट दुखेर सहन नसक्ने अबस्थामा मैले के गर्न हुन्छ के गर्न हुदैन भनेर डराउनु पर्छ । उनीहरु खुलेर भन्न सक्दैनन कि मलाइ पेट दुख्यो त्यसैले म यो काम गर्न सक्दिन । समाजको नियम कस्तो छ भने उनिहरुले खानेकुरा छुन देखि बाहेक अरु बाहिरी कामहरु चैँ गर्न हुन्छ अझ गर्नै पर्ने बाध्यता पर्छ। मन्दिर जान त रोक नै लगाउछ यो समाज । भगवान भन्ने चिज आजसम्म देखेको छैन तर पनि ढुंगाको मुर्ती बनाउछ अनि हामिले छुँदा गाली गर्छ । अचम्म त यो लाग्छ कि किन धेरै पढेका बिद्वानहरु पनि यो बिसयमा केही बोलिदिदैनन ? किन मौन छन किन ?

मलाइ एउटा प्रस्न सोध्न मन लाग्यो जनचेतना छर्दै हिन्ने अगुवाहरुलाई, के तपाइँहरुको श्रीमती, दिदिबहिनी,भाउजु बुहारीलाइ महिनावारीको समयमा तपाईंहरु सबैले छुनु भएको छ ?

संसार भरी नै सबै महिलाहरुलाई हुने कुरा हो महिनावारी । मात्र यो प्रक्रिया चलाउने र शृस्टी निरन्तरताको आधारभुत पहिलो रुप हो । तर हाम्रो नेपाली समाजमा महिनावारी, अपराध जस्तो हुन्छ, छुवाछूत हुन्छ किन ? मैले नै सुनेको छु, अनि मलाइ भनेका पनि छन महिनावारी हुँदा नछुने भको भनेर । अनि यो सुनिरहदा पनि बुझेका अगुवाहरु मौन नै बस्छन किन ? यसरी पनि कसरी हुन्छ परिबर्तन ? मलाइ एउटा प्रस्न सोध्न मन लाग्यो जनचेतना छर्दै हिन्ने अगुवाहरुलाई, के तपाइँहरुको श्रीमती, दिदिबहिनी,भाउजु बुहारीलाइ महिनावारीको समयमा तपाईंहरु सबैले छुनु भएको छ ? सँगै बसेर खानेकुरा खानु भएको छ ? पक्कै खानु भएको छैन, अनि कसरी हुन्छ परिबर्तन ? अझै कति पुस्ताले यो अफ्ठेरो भोग्नु पर्ने हो ? किन मौन छन हाम्रो समाजको बिद्वानहरु ? यो मौनताले कसरी हुन्छ परिवर्तन ?

के महिनावारी बिना मानव अस्तित्व सम्भव छ ? के फूल नफुली फल लाग्न सम्भव छ ? अवश्य छैन । जुन बेला महिला प्रकृती बन्छे, मानव अस्तित्वको मुल बन्छे । सृष्टि बन्छे । हो त्यहिबेला झन विभेद गर्छ समाज । झन पीडा दिन्छ समाज । यस्तो बेला झन धेरै नजिक हुनुपर्ने हो । झन धेरै सहानुभूति पाउनुपर्ने, माया पाउनुपर्ने हो । तर अझैपनि छाउपडी गोठमा बलात्कृत हुन बाध्य छे । पीडा सहेर मर्न बाध्य छे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.