Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १९, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

बार्षिकोत्सवसंँगै इ चितवन खबर डटकमको शुभारम्भ



  •   मङ्गलबार, जेठ २०, २०७७
  • A
  • A+
  • A++

चितवन । मोफसलमा छोटो समयमै स्थापित हुन सफल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले नवौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव संँगै पत्रिकाले आफ्नो अनलाइन संस्करण इ–चितवन खबर डटकमको समेत शुभारम्भ गरेको छ । कोरोनाको कहरबीच पत्रिकाको कार्यालयमा एक कार्यक्रम बीच शुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पुरानो मेडिकल कलेजका सहप्राध्यापक तथा वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र पत्रिकाकी सम्पादक इन्दिरा पन्तले कम्युटरमा क्लिक गरी संयुक्त रुपमा अनलाइन संस्करणको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर केसीले चितवन खबर पत्रिकाले चितवन लगायत देशका हरेक गतिविधिलाई समेटेर पाठकको मनमस्तिष्कमा बस्न सफल भएको बताउनुभयो । मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको अनलाईन संस्करण इ चितवन खबर डटकमको सफलताको कामना गर्नुभयो । पत्रिकाले नागरिक सँग सरोकार राख्ने स्वास्थ्य क्षेत्रलाई समेत उत्तिकै प्राथमिकता राखी समाचार प्रकाशन गरेको बताउनुभयो । उहांँले अनलाईन संस्करण मार्फत विश्वभर रहेका पाठकवर्गहरुलाई समेट्न सक्ने हुंँदा सुूचना प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । मिडिया र मेडिकल क्षेत्रबीच नङ्ग र मासुको जस्तै सम्बन्ध भएको भन्दै हरेक मिडियाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । कार्यक्रमका बिशेष अतिथि मेडिकल कलेजका सिनियर मेनेजर दुर्गा न्यौपानेले मिडियाले मेडिकल क्षेत्रमा भएको आविष्कार तथा नवीनतम प्रविधिलाई जनतासामु पुयाउन मदत पुर्याउंँदै आएको बताउनुभयो । पत्रिकाले नियमित रुपमा स्वास्थ्य सम्बन्धी स्तम्भ प्रकाशित गरी नागरिक र स्वास्थ्यकर्मी बीच जोड्न पुलको काम गरेको उहांँले बताउनुभयो । समयको माग र सुचना प्रविधिको विकाससंँगै इ चितवन खबर डटकमले चाडै फड्को मार्ने उहांँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले पत्रिकाले आर्थिक सामाजिक लगायत अन्य क्षेत्रका समाचार सम्प्रेषण गरि लुकेका विषयवस्तुलाई जनता र सरकार समक्ष पुरयाउन सकेको भन्दै प्रंशसा गर्नुभयो । आगामी दिनमा अनलाईन संस्करणले दर्शक , श्रोता, पाठक एवं शुभेच्छुकको उत्तिकै मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

मिडिया हाउसका निर्देशक दिपक खड्काले विभिन्न आरोह अवरोहका बीच पत्रिकाले नागरिकको सुसुचित गर्ने अधिकार र खबरदारी गर्ने बिषयमा कहिल्यै विचलित नभएको बताउनुभयो । पत्रिकाले लामो समयदेखि चितवनमा रहेर आर्थिक, सामाजिक, राजनीतिक , स्वास्थ्य तथा कला क्षेत्रमा कलम चलाउने श्रमजीवि पत्रकार , संचारकर्मी र व्यवस्थापन पक्ष लगायत प्रति आभार प्रकट गर्नुभयो ।

पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की”ले पछिल्लो समय संचार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको भन्दै मिडिया हाउसलाई निरन्तरता दिनु चुनौतिपुर्ण रहेको बताउनुभयो । राज्यले समानुपातिक विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने भन्दै महाप्रबन्धक कार्कीले संचार माध्यम जोगाउने दायित्व सरकारको पनि रहेको बताउनुभयो । कोरोनाको कहर र लकडाउनका कारण बार्षिकोत्सव भव्य रुपमा मनाउन नसकिए पनि बार्षिकोत्सवको दिनलाई सम्झिएको उहांँले बताउनुभयो । बार्षिकोत्सवलाई लकडाउन खुले लगत्तै भव्य र सभ्य रुपमा मनाईने कार्कीले बताउनुभयो । उहांँका अनुसार स्थगित र नियमित कार्यतालिकाको अनुसारका कार्यक्रमलाई सो समयमा निरन्तरता दिइने छ ।

पत्रिकाका सम्पादक एवं कार्यक्रमका अध्यक्ष इन्दिरा पन्तले पत्रिका खोल्नुभन्दा निरन्तरता दिन झनै कठिन रहेको बताउनुभयो । पछिल्लो समय भ्रामक र अतिरञ्जित समाचारका कारण आम दर्शक पाठक श्रोता प्रति मिडियाको विश्वास गुम्दै गएको प्रति सम्पादक पन्तले चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा पत्रिकाले सत्यतथ्य, यथार्थ तथा वस्तुपरक समाचार सम्प्रेषण गर्न उत्तिकै सजग रहने भन्दै अनलाइन संस्करणलाई पनि सोही अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लक्की मिडिया हाउस चितवनले हाल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक रंगीन पत्रिका प्रकाशन गर्दै आएको छ । साथै पत्रिकाको अनलाईन संस्करणको मंगलबारदेखि शुभारम्भ गरेको हो । बार्षिकोत्सव कार्यक्रम पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठकले सञ्चालन गर्नुभएको थियो ।
लक्की मिडिया हाउसले विभिन्न कार्यक्रम, इभेन्ट, विज्ञापन एजेन्सीको भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय तथा स्थानीय श्रष्टा तथा समाजसेवी, उद्यमी व्यवसायी ,पत्रकारहरुलाई विभिन्न अवसरमा सम्मानित गर्दै आएको छ । यस अघि लक्की मिडिया हाउस र चितवन खबरको भित्तेपात्रोको लोकार्पण भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.