• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

९५ वर्षीया दृष्टिविहीन वृद्धाको घरको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप



  •   मङ्गलबार, असार ०२, २०७७
  • A
  • A+
  • A++

भरतपुर–२१, पार्वतीपुरस्थित सकुमबासी टोलमा अहिले खानेपानी विस्तारको काम भइरहेको छ। सडकछेउबाट खानेपानी पाइप बिछ्याउने काम हुँदै थियो।

पाइप बिछ्याउनका लागि खाल्डो खन्ने क्रममा पदमबहादुर अधिकारीको घर आयो। घरभन्दा दायाँबायाँ जग्गा खाली भए पनि वडाले घरभित्रबाटै पाइप बिछ्याउने काम थाल्यो।

अधिकारीको घरको कोठाभित्र धमाधम खनेर पाइप बिछ्याउन तयार पारियो। जम्मा ५० सेमीमात्रै घर परेकोमा घरलाई छलेर लानुको सट्टा घरभित्रै सुरूङ खनेका फोटाहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

५० सेमी पाइप बङ्ग्याएर पनि लान सकिने विकल्प हुँदाहुँदै घर नै फोरेकोमा स्थानीयले आपत्ति जनाएका छन्। खानेपानी विस्तारमा पोलिथिन पाइप प्रयोग भएको छ।

पदमबहादुरकी आमा ९५ वर्षकी छन्। आमा जन्मजात दृष्टिविहीन हुन्। छोरा पनि सामान्य अपाङ्गता भएका व्यक्ति हुन्। ‘घरभित्रै सुरूङ बनाएर कस्तो काम हुन लागेछ भनी म त्यहाँ पुगेँ’ अधिवक्तासमेत रहेका स्थानीय नारायण गिरीले भने, ‘मानवीय संवेदना नै हराएको देख्दा दुःख लाग्यो।

अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले संरक्षण र विशेष हेरचाह गर्नुपर्नेमा विकासको नाममा झनै पीडित बनाएको देखेपछि आफूले जनप्रतिनिधिसमक्ष कुरा लगेको अधिवक्ता गिरीले बताए।

दायाँबायाँ खाली जग्गा हुँदाहुँदै पनि किन घर नै भत्काएर लानुपर्‍यो ? अधिवक्ता गिरीले सामाजिक सञ्जालमा लेखेका छन् सिंहदरबारमात्रै नभएर गाउँका शासकहरु पनि अन्धा हुँदा रहेछन्।

तर, वडा अध्यक्ष भन्छन्– भरतपुर–२१ का वडा अध्यक्ष चित्रसेन अधिकारी आफैँ संयोजक रहेको पार्वतीपुर खानेपानी आयोजनाले अहिले पाइप विस्तारको काम धमाधम गरिरहेको छ। वडा अध्यक्ष अधिकारीले सामाजिक सञ्जालमा घरमै सुरूङ खनेको विषय सार्वजनिक भएपछि आफूले चासो दिएको बताए।

आइतबारको यस घटनामा बेलुका घरका पीडित व्यक्तिहरुसँग भेट हुँदा आफूहरुले सहमतिमै खन्न दिएको भनेकोमा घटनालाई अतिरञ्जित गरिएको वडा अध्यक्ष अधिकारीले बताए। सडक क्षेत्र छलेर लैजाँदाखेरि घर परेको उनले बताए।

राजनीतिक दल अनुगमन समिति र जनप्रतिनिधिको बैठक राखेर यस विषयमा छलफल गरिने उनले बताए। ‘म पनि जिम्मेवारीबाट पन्छिन्नँ, तर अरु स्थानमा समस्या नहुने त्यहीँ समस्या हुने भन्ने विषयमा राजनीतीकरण गर्न खोजिएको हो’ उनले भने।

केन्द्रीय बजेटबाट पार्वतीपुर खानेपानी आयोजनाको काम भइरहेको छ। हालसम्म ५ सय धारा वितरण भएको र ५० किमी पाइप विस्तार गरिने वडा अध्यक्ष अधिकारीले जानकारी दिए। दसैँसम्ममा आयोजना सक्ने गरी धमाधम काम भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.