ज्योति कंडेल।भरतपुर
भरतपुर महानगर युवा संजालद्वारा आयोजित ‘कोरोना पछिको आर्थिक समृद्धिमा युवाको भूमिका’ बिषयक अनलाईन निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन गरेको छ।
महानगर युवा संजाल , भरतपुरका संयोजक सन्देश वाग्लेका अनुसार गोरखाका सैलेश श्रेष्ठले प्रथम स्थान हासिल गर्नु भयो भने द्वितीय स्थान चितवनका सुनिल अधिकारीले हासिल गर्नु भयो । तृतीय पाल्पाकी उर्मिला भण्डारी हुनु भयो।
युवा संजालले बन्दाबन्दीमा युवाहरुलाई रचनात्मक क्रियाकलापमा जोड्न प्रोत्साहन गर्नको लागि अनलाईन मार्फत प्रतियोगीता आयोजना गरेको संयोजक वाग्लेले बताउनु भयो।
प्रतियोगितामा सहभागीहरुको निबन्धहरु नारायणी दैनिक मार्फत प्रकासन गरिने छ।