• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

ज्योति टोलमा सङ्घर्ष युवा समाजले सुरू गर्यो रात्रि गस्ति


  •   बुधबार, असार ०३, २०७७
  • A
  • A+
  • A++

विश्व महामारी कोभिड -१९ सँगै अन्य वरपरका क्षेत्रमा चोरीको घटना तीव्ररूपमा बढ्दै गएपछी आफ्नो टोल क्षत्रमा पनि कुनै पनि अप्रिय घटना घट्नबाट बचाउन यस भ.म.न.पा -८, ज्योति टोल विकास संस्थामा पनि सङ्घर्ष युवा समाजले रात्रि गस्ति सेवा सुरू गरेको छ ।

सङ्गठनका सचिव अमित सापकोटाले आफ्नो गाउ-टोलमा कुनै पनि घटना नहोस् र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले रात्रि गस्ती कार्यक्रम सुरू गरीएको बताउनु भयो ।

सापकोटाले विशेष गरी रात्रि समयमा अपरिचित व्यक्तिहरू अनावश्यक हिडडुल गरेको खबर आएसँगै , हामीले टोलमा रातिपख हिडडुल गर्ने शंकास्पद लागेमा त्यस्ता मान्छेलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने तथा जाँडरक्सी खाएर टोलमा हो-हल्ला गर्नेलाई विशेष निगरानी र आवश्यक परेमा नजिकको प्रहरीलाई तत्काल खबर गर्ने योजनाका साथ यस गस्ति सुरू गरीएको बताउनु भयो।

उक्त गस्तिमा ज्योति टोल भित्रका सम्पूर्ण युवा वर्गलाई समेटेर ७०-८० जना युवाहरूलाई ७ वटा विभिन्न समूह बनाई हप्ताको सातैं दिन परिचालन गरीएको छ । प्रत्येक टोलिमा कम्तिमा ९/१० जना हुने र एक-एक जना टोली प्रमुख बनाएर राती १० बजेदेखी बिहान ३ बजेसम्म आफ्नो टोलभित्र सुरक्षा प्रदान गर्ने कुरा यसै सङ्गठनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउनु भयो ।

अध्यक्ष कंडेलले बढ्दो शहरीकरण, घना बस्ति, कोरोनाले उत्पन्न गराएको बढ्दो बेरोजगारीका कारण गाऊँमा चोरी लगायतका अपराधीक कार्य नहोस् भन्ने उद्देश्य वडा अध्यक्ष, बसपार्क वडा प्रहरी चौकि र सीताराम चोक अस्थायी प्रहरी चौकिमा खबर गरेर यस गस्ति कार्यक्रम सञ्चालन गरीएको बताउनु भयो ।

आफ्नो टोलको सुरक्षा आफैले नै गर्नुपर्छ भन्दै रातिको समयमा विशेष सतर्कता अपनाउन सम्पूर्णलाई आग्रह गर्नुभयो । वडाका वडा अध्यक्ष दामोदर न्यौपानेले रात्री कालीन समयमा हुनसक्ने चोरी तथा अन्य घटनाहरूलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम राख्न यस कार्यक्रम सुरू गरेकोमा यस सङ्घर्ष युवा समाजलाई विशेष धन्यवाद दिदै आवश्यक परेमा सहयोग गर्न तयार रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.