• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

राष्ट्रियसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित ( फोटो फीचर )



  •   बिहिबार, असार ०४, २०७७
  • A
  • A+
  • A++

निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा समेट्न भएको संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।

बिहीबार राष्ट्रियसभामा संविधान संशोधन विधेयकको पक्ष र विपक्षमा मतदान भएको हो।मतदानपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित भएको घोषणा गरेका हुन्। प्रस्तावको पक्षमा ५७ मत परेको छ।

अब राष्ट्रियसभाबाट समेत विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई पठाइनेछ। दुवै सदनबाट पारित भएपछि सभामुखबाट प्रमाणित गर्नेछन्। त्यसपछि यसलाई अन्तिम प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ।

राष्ट्रपतिले प्रमाणिकरण गरेपछि नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ। सरकारले गत जेठ ७ गते लिम्पियाधुरासहितको क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।

भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेको थियो । संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। राष्ट्रियसभाबाट पारित भएसँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। शनिबार प्रतिनिधिसभामा उपस्थित सबै सांसदले नयाँ नक्साको पक्षमा मत दिएका थिए।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १ सय ८३ मत आवश्यक पथ्र्यो। तर, नयाँ नक्साका पक्षमा बैठकमा उपस्थित २ सय ५८ जनै सांसदले मत दिएका थिए।

सुदूरपश्चिमको दार्चुला जिल्लाका कालापानी, लिपुलेक र कालापानी क्षेत्रमा भारतले सैन्य अखडा जमाएर राजनीतिक र प्रशासनिक हस्तक्षेप गरिरहेको छ। नेपालको भूमिमा सडक बनाउने र नेपाली भूमि समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो।

नयाँ नक्सा अनुसारको संविधानको अनुसूचीको नक्सा अद्यावधि गर्न जेठ ९ मा सरकारले संशोधन विधेयक दर्ता गरेको थियो। मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रियता र सार्वभौमिकताको पक्षमा एक ठाउँमा रहेको सन्देश दलहरूले दिएका छन्। उनीहरूले भारतसँग कूटनीतिक वार्ता र राजनीतिक वार्ताका लागि सरकारको ध्यानाकर्षण गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.